Hamroprayas
कपिलवस्तु फोटोग्राफर संघमा क्षमता अभिवृद्धि तालिम 

कपिलवस्तु,साउन २७
कपिलवस्तु फोटोग्राफर संघको आयोजनामा कपिलवस्तुको गोरूसिङ्गेमा क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन सत्रका प्रमुख अतिथिको रुपमा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले जन्मजात कसैले सिकेर वा ज्ञान लिएर नआउने र जिन्दगी सिकाइको यात्रा भएको बताउनुभयो । 

उहाँले बदलिँदो प्रविधिसँग जोडिएर फोटो तथा भिडियोमार्फत ऐतिहासिक, धार्मिक, पर्यटकीय एवम्  पुरातात्त्विक महव बोकेको कपिलवस्तुको प्रचारप्रसारमा योगदान पु¥याउन अनुरोध गर्नुभयो । लामिछानेले संघको कार्ययोजना बमोजिम समयमै प्रस्ताव पेश गरेमा सफल बनाउन प्रदेश सरकारबाट सक्दो पहल गर्ने बताउनुभयो । 

समापन सत्रमा आफ्नो चालक शीर्षकको कविता प्रस्तुत गर्दै तालिमका प्रमुख प्रशिक्षक दलबहादुर गुरुङले विकट भएर पनि निकट कसरी हुने,  टाढा भएर पनि हाम्रो सम्बन्ध गाढा कसरी हुने, भैरहेका गतिविधिलाई कसरी थप प्रभावकारी बनाउने भन्ने बारे आफ्नो विचार व्यक्त गर्नुभयो  ।  

नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य इन्द्रमणि बेल्बासेले संस्था स्थापना भएको लामो समयमा यो स्तरको पहिलो कार्यक्रम रहेको बताउँदै कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेकोमा समितिलाई धन्यवादज्ञापन गर्नुभयो । 
बेल्बासेले युवालाई स्वरोजगार बनाउन उत्कृष्ट पेशा फोटोग्राफी रहेको बताउँदै बदलिँदो प्रविधिको युगमा समायोजन गराउँदै अगाडि बढाउन सके केही हदसम्म बैदेशिक पलायन रोक्न सकिने बताउनुभयो ।

समापन कार्यक्रममा लोक तथा दोहोरी गायक शिव खनालले आफ्नो प्रस्तुति राख्नुभयो  । कार्यक्रम संयोजक भक्तिराम घिमिरेले कार्यक्रमको उद्देश्य बमोजिम प्रभावकारी भएको बताउँदै धेरै सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । 

जिन्दगीमा पहिलोपटक अगाडि आएर बोल्ने हिम्मत आजकै तालिमले दिएको बताउँदै महिला प्रशिक्षार्थीको तर्फबाट तालिममा सिकेका कुरा बताउँदै कार्यसमिति सदस्य मञ्जु पौडेलले धेरै कुरा सिक्ने अवसर जुटेको आजको दिन आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्णमध्ये एक रहेको बताउनुभयो । अर्का प्रशिक्षार्थी कृष्ण खनालले प्रशिक्षकले संस्थागत तथा व्यवसायिक प्रगतिका लागि के कस्ता गतिविधि गर्ने भन्नेबारे प्रभावकारी सिकाइ प्राप्त भएको बताउँदै समयसमयमा कपिलवस्तु फोटोग्राफर संघले यस्तै उपलब्धिमूलक तालिमको आयोजना गर्ने विश्वास व्यक्त गर्नुभयो  ।

तालिमका प्रमुख प्रशिक्षक दलबहादुर गुरुङ तथा प्रशिक्षक कृष्ण गाउँलेले संस्था सञ्चालन र व्यवस्थापन, कार्ययोजना निर्माण र कार्यान्वयन, बैठक सञ्चालन तथा माइन्यूट लेखन शिल्प विषयमा आफ्नो प्रस्तुति दिनुभयो । संघका अध्यक्ष रामचन्द्र बेल्बासेले तालिममा सिकेका कुरा आजबाटै व्यवहारमा कार्यान्वयनमा जाने बाताउँदै प्रशिक्षक, अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो  । संघका सचिव कर्णबहादुर तिवारी (कुमार) ले सञ्चालन गर्नुभएको थियो।तालिममा कपिलवस्तु जिल्लाका ३८ जना फोटोग्राफरको सार्थक सहभागीता थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update