Hamroprayas
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ, साउन ३०
सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

एकै दिन हिजो तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ पुगेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update