Hamroprayas
किशोरी आमाहरुलाई आत्मनिर्भर बनाउँदै रोटरी तिनाउ 

बुटवल, साउन ३१ 
रोटरी क्लब तिनाउ बुटवल र रोटर्याक्ट क्लब क्लब अफ तिनाउ बुटवलद्धारा आयोजना गरिएको किशोरी आमाहरुका लागि सिपमुलक एडभान्स सिलाई कटाई तालिमको एक कार्यक्रमका बिच बुधबार समापन गरिएको छ ।  रोटरी तिनाउले गतबर्ष देखी किशोरी आमाहरुका लागि आयोजना गरिएको रोटरी डिष्ट्रिक ३२९२ को ग्रान्ट प्रोजेक्ट मार्फत आयोजना गरिएको तालिम समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२ अर्वाड कमिटी चेयर एवं क्लबका जि एस आर एजाज आलमले किशोरीहरुले सिलाएर तयार गरेका कपडा र प्रमाण पत्र हस्तान्तरण गर्दैे जिवनमा सबैभन्दा ठुलोकुरा सिप भएको बताउनुभयो ।

रोटरी तिनाउले आयोजना गरेका कार्यक्रमहरु मध्ये सिपमुलक कार्यक्रम एक उदाहरणीय कार्यक्रम भएको बताउनुभयो । उहाँले सिकेको सीप ब्यवहारमा उतार्न अनुरोध गर्दै समुहमा सिलाई कटाई व्यवसाय संचालन गर्नसके रोटरी तिनाउ संगै अन्य रोटरी क्लबहरुले पनि सहयोग गर्ने बताउनुभयो । 


किशोरी आमाहरुका लागि सिपमुलक एडभान्स सिलाई कटाई तालिमका संयोजक तथा क्लबका पुर्ब अध्यक्ष कल्पना तिवारीले निकै मेहनतका साथ कार्यक्रम परेको बताउदै सीकेको सिपलाई व्यबहारमा उतारेर आत्मनिर्भर हुन आग्रह गर्नुभयो । 


सिलाई कटाई तालिमका प्रशिक्षक बिमला प्रधान श्रेष्ठले किशोरीहरुको सिकाई प्रभावकारी भएको बताउनुभयो । सानो उमेर भएकालेपनि उनीहरुको सिकाईमा निखारता आएको बताउँदै प्रधानले आगामी दिनमा पनि किशारीहरुले सिप सिक्न चाहेमा जुनसुकै समयमा सिकाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 


प्रशिक्षार्थी रोशनी चौधरीले सानैमा विवाह गर्दा हुने अनेको समस्या हुने गरेको बताउनुभयो ।चौधरीले न हातमा सिप, न आम्दानी, हुदा दैनिक जिवन चलाउन कठिन भएको बेलामा रोटरीले सिप सिकाएर पुण्यको काम गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । चौधरीले भविष्यमा टेर्लर चलाएर जिविकोपार्जन गर्ने चाहाना भएकाले सहयोगको अपेक्षा गर्नुभयो । रोटरीले आयोजना गरेको पहिलो चरणको आधारभुत सिलाई कटाईबाट छनोट भएका ८ जना किशोरी आमाहरुका लागि एडभान्स सिलाई कटाई तालिम संचालन गरिएको हो । 


रोटरी क्लब तिनाउका अध्यक्ष रमिला शर्माले क्लबले किशोरीआमाहरुका लागि आगामी दिनमा पनि सिपमुलक कार्यकम आयोजना गर्ने जनाउनुभयो । उहाँले "सेवा नै धर्म हो"  भन्ने रोटरीको मूल मर्मलाई आत्मसाथ गर्दै आयोजना गरिएको कार्यक्रम भएकाले किशोरी आमाहरुलाई सिप सिकाउँन पाउँदा खुशी लागेको बताउनुभयो । 
परिवारमा एउटा ब्यक्तीमा सिप भयो भने आम्दानीको श्रोतका बिभिन्न अवसरहरु प्राप्त हुने बताउनुभयो । शर्माले किशोरीहरुलाई व्यवसायिक बन्न अनुरोध गर्दै क्लबले पछिका दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 


कार्यक्रममा पुर्ब अध्यक्षहरु अमृता भुसाल, प्रतिमा भट्टराई, सचिव सपना कार्की लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । रोटरी क्लब अफ तिनाउ बुटवल महिलाहरु मात्रै आवद्ध क्लब हो ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update