Hamroprayas
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा ठाकुर गैरे निर्विरोध

काठमाडौं, साउन ३१
संघीय संसदका दुई समितिका सभापतिहरु चयन गरिएको छ । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । संसदीय सुनुवाई समितिको सभापतिमा इश्वरीदेवी न्यौपाने निर्वाचित हुनुभएको छ भने राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा ठाकुर गैरे निर्वाचित हुनुभएको छ । 

निर्वाचित सभापतिहरुलाई सभापति देवराज घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । सपथपछि संसदीय सुनुवाई समितिका सभापति न्यौपानेले समितिमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी र निष्पक्ष बनाउने बताउनुभयोे । 

त्यस्तै राज्यका निर्देशक सिद्धान्त समितिका सभापति गैरेले राज्यका नीतिहरु र दायित्वहरुलाई जनअपेक्षा अनुसार कार्यान्वयन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने बताउनुभयो ।त्यसअघि बसेको दुवै समितिको बैठकमा समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 


 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update