Hamroprayas
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भाद्र ४ गते विश्वासको मत लिने

बुटवल,साउन ३० 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री आचार्यको आग्रह अनुसार लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले आज प्रकाशित गर्नुभएकोे सूचनामा भाद्र ४ गते बस्ने चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जनाइएको छ ।

साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिन अघि नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थाल्नुभएको हो ।

कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने पूर्व सहमति भएपनि कांग्रेस भित्रको खचिलो र साना दलहरुको सहभागीताका बारे कुरा नमिलेका कारण मन्त्रिपरिषदले पूर्णता पाएको छैन । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update