बुटवल,कात्तिक १९
रुपन्देहीको का अध्यक्ष सुरेन्द्र पौडेल राहत तथा स्वास्थ्य सामग्री सहित भूकम्पप्रवाति क्षेत्रमा पुग्नुभएको छ ।
शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम रुपन्देहीको पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ा सहित आवश्यक सामग्री लिएर पुग्नुभएको हो ।
गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं. १ देखि ९ सम्मका अध्यक्ष, कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभयो ।
यस्तै संघीय सांसद बासुदेव घिमिरे, गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल लगायत जनप्रतिनिधि र कर्मचारीले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्दार गर्न आवश्यक रहेको बताएका छन् ।