Hamroprayas
नेकपा एमालेको वीरकोटमा प्रशिक्षण सम्पन्न

बुटवल,भदौ १
नेकपा एमाले,पूर्वखोला गाउँ कमिटी वडा नं ५ वीरकोट,पाल्पाले आफ्ना सदस्यहरुका लागि एक दिवसीय पार्टी प्रशिक्षण शनिवार सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा पार्टी स्कूल विभाग,लुम्बिनी प्रदेशका उपप्रमुख दलबहादुर गुरुङले पार्टी कखरा सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

उहाँले कम्युनिस्ट  पार्टीको स्थापना,नेकपा एमालेको विचार,सिद्धान्त,कार्यदिशा, कार्यक्रम कार्ययोजना र नेता एवम् नेतृत्व विषयमा सहजीकरण गर्नुभयो । त्यसैगरी नेकपा एमाले,पाल्पा जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरले पार्टीको मार्गदर्शन सिद्धान्त,दर्शनशास्त्र र पार्टी एवम् नेता,कार्यकर्ताबीचको सम्बन्ध कस्तो हुनुपर्ने विषयमा सहजीकरणगर्नुभएको थियो । 

त्यसैगरी पार्टी प्रदेश कमिटी सदस्य नारायणी शर्माले नेपालमा रहेका पार्टीहरुबीचका चरित्र र भिन्नता विषयमा प्रशिक्षण दिनुभएको थियो  । त्यसैगरी पूर्वखोला गाउँपालिका अध्यक्ष एवम् गाउँ कमिटी ईन्चार्ज नुनबहादुर थापाले स्थानीय सरकार र पार्टीबीच समन्वय गरि अघि बढ्दै गएको बताउनुभयो  । साथै उहाँले पार्टीलाई जनमुखी बनाउँदै लैजान कार्यकर्तासँग अनुरोध गर्नुभएको छ  । पार्टी प्रशिक्षणले नेता,कार्यकर्तालाई कटिबद्ध रहन उत्प्रेरित गर्ने समेत उहाँले बताउनुभयो  । 

प्रशिक्षण कार्यक्रममा गाउँ कमिटी अध्यक्ष रवीन्द्र पंगेनी,यामप्रसाद श्रेष्ठ,यमबहादुर सारुले प्रशिक्षणका सन्दर्भमा आ९आफ्ना विचार राख्नुभएको थियो ।प्रशिक्षणको अध्यक्षता कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update