Hamroprayas
इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको तीज मिलन कार्यक्रम : तीजलाई सभ्य र भब्य रुपमा मनाउन आग्रह

बुटवल, भदौ ८

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर बुटवलमा बिभिन्न समुह क्लबहरु र नजिकका आफन्त, साथिहरुका बिचमा तीजमिलन कार्यक्रमहरु भइरहेका छन् ।तीजलाई नेपाली महिलाहरुको महानपर्ब हो । यो पर्बमा छोरी, चेलिहरु आफ्नो माईतीमा आमाबुवा, दाजुभाई, आफन्त र साथिहरुसंग भेट्ने रमाईलो गर्ने र दुखसुख साटासाट गर्ने गर्दछन् । 

यसैबिच इनरव्हिल क्लब अफ मिडटाउनले पनि शुक्रबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीज मिलन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इनरव्हिल डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयमेन आशा श्रेष्ठले महिलाहरुको महानपर्व तीजलाई  संस्कृतिको जर्गेना गर्दैै सभ्य र भव्य रुपमा मनाउन आग्रह गर्नुभयो । पुराना भाका र संस्कृतिलाई समेट्दै एक आपसमा रमाईलो गरि तीज मनाउनुपर्ने बताउनुभयो ।चाडपर्वहरुमा देखिने विकृतीलाई निरुत्साहित गरी चाडपर्वको मौलिकतामा रहेर पर्वहरु मनाउन सके यस्ता पर्वहरुको पनि सार्थकता हुने बताउनुभयो ।

बिभिन्न क्लबहरुको तर्फबाट बोल्दै इनरव्हिल क्लब अफ बुटवलका अध्यक्ष सम्झना ज्ञवालीले  पहिले तीजपर्व वर्षभरिका दु स्ख  वेदना  पोख्ने माध्यमको रुपमा रहेको तीज समय परिवर्तन संगै माइती घरमा जान नसकेपनि दिदीबहिनीहरुमा एकआपसमा खुसी साटा साटा गरेर मनाउने पर्वको रुपमा विकास भएको बताउनु भयो ।

इनरव्हिल क्लब अफ मिडटाउनका अध्यक्ष राधिकादेबि रिजालले साथित्वको भावनालाई आत्मियता कायम राख्न यस्ता कार्यक्रमको आवश्यकता रहेकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

पुर्ब अध्यक्षहरुको तर्फबाट क्लबका पर्ब अध्यक्ष कला केसीले इनरव्हिल क्लबले प्रत्येक बर्ष आयोजना गर्ने तीजमिलन कार्यक्रमले एक आपसमा नजिक हुन र रमाईलो गर्ने बाताबरण निर्माण गरिएको बताउनुभयो । 

कार्यक्रम इनरव्हिल क्लब अफ मिडटाउनका अध्यक्ष राधिकादेबि रिजालको अध्यक्षता, कार्यक्रम संयोजक क्लबका पुर्ब अध्यक्ष प्रभा रेग्मीको स्वागत र सचिव शुशिला पोखरेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देहीका बिभिन्न क्लबका अध्यक्षहरु ,क्लबका पुर्ब अध्यक्षहरु,र सदस्यहरुको सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update