Hamroprayas
महिला अब आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ– उप प्रमुख अर्याल  

बुटवल,भदौ १३
सानिछदा आमाले पढाउनु भो कखरा ।।
बाबाले दिनुभयो मदन पोखरा ।।
सानी छ्दा आमाले अर्हाएको मानिन ।
ठुली भए घास काट्न मैले जानिन ।।

यो तीजको भाका लायन्स क्लब अफ शंकरनगर बाटिकाले बुधबार बुटवलमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा देबि अर्यालले गाउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि अर्यालले आर्थिक रुपमा महिलाहरु सम्पन्न हुन सके चाडपर्बहरु पनि रमाईला हुने बताउनुभयो ।उहाँले तीजको ब्रत श्रीमानको आयु बढ्ने बिश्वासका लागि भन्दा पनि स्वस्थ जिवनको कामनाका लागि मनाउनुपर्ने बिचार ब्यक्त गर्नुभयो । 

महिलाहरुले अब उद्यमशिलतासंग जोडेका गितहरु पनि गाउनुपर्ने बताउँदै उहाँले बुटवल नगरले महिलाहरुलाई स्वरोजगार बनाउने अभियानमा लागेको बताउनुभयो। कार्यक्रममा उपप्रमुख अर्यालले पहिले पहिले गाईने तीजका पुराना भाका सुनाएर रमाईलो गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि डिजाष्टर रेस्क्यु एण्ड रिलिफ कोर्डिनेटर मिना पन्थीले महिलाहरु पछिल्लो समयमा धेरै ठाउँमा नेतृत्व तहमा पुगेको बताउँदै यस्ता चाडपर्बले एक आपसमा आत्मियता स्थापित हुने बताउनुभयो । 

लायन्स क्लब अफ शंकरनगर वाटिकाका अध्यक्ष गिता खनालले क्लबले सामाजिक कामको साथमा आफ्नो संस्कृति,परम्परा र चाडपर्बको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

तीजमिलन कार्यक्रममा अतिथि सेकेण्ड भिडिजी स्पाउस नेहा गुप्ता ,डिष्टिक चिफ सिता भट्टराई ,एरिया चिफ शान्ती पाठक पाण्डे , डिष्ट्रिक डेपुटी चिफ मिठु टण्डन, पुर्ब अध्यक्ष तथा जोन १५ का जोन चियर पर्सन साधना भण्डारी ,जोन १९ का जोन चियर पर्सन इशु देबकोटा, ,लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रम लायन्स क्लब अफ शंकरनगर वाटिकाका अध्यक्ष गिता खनालको अध्यक्ष, आई पि पि रुपा गुरुङको स्वागत र सचिव शारदा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाली हिन्दु महिलाहरुको महानपर्ब हरितालिका तीज नजिकिदै गर्दा महिलाहरु एक आपसमा रमाईलो गरिरहेका छन् । 

 


 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update