Hamroprayas
रोटरी तिनाउ र रोटरी सेन्ट्रल बुटवलले गरे संयुक्त तिजमिलन कार्यक्रम

बुटवल, भदौ १५
रोटरी क्लब अफ तिनाउ बुटवल र  रोटरी क्लब अफ सेन्ट्रल बुटवलको संयुक्त तिजमिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । तिज पर्बको महत्व र एकआपसमा आत्मियता साटासाट गर्न पनि यस्ता कार्यक्रमको महत्वपुर्ण भुमिका हुने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । 

रोटरी क्लब अफ सेन्ट्रल बुटवलको स्पोन्सरमा आयोजना गरिएको कार्यक्रममा क्लबका एजी हिमाल गैरे,रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका सदस्यहरुको भब्य सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ सेन्ट्रल बुटवल अध्यक्ष दिनेशराज रेग्मीले रोटरी क्लब अफ सेन्ट्रल बुटवलले नै स्पोन्सर गरेको क्लबमा महिलाहरु मात्रै हुनु र तिजपर्ब पनि दिदिबहिनीहरुको साथमा मनाउने पर्ब भएकाले एकैठाउँमा तिज मिलन कार्यक्रम आयोजन गरिएको बताउनुभयो । तिजपर्बले मनोरञ्जन दिनुका साथै एक आपसमा निकटता हुन सामाजिक काममा हातेमालो गर्न पनि सहज हुने भएकाले एउटै परिवार सम्झिएर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष रमिला शर्माले स्पोन्सर क्लबले सम्झिएर तिजमिलन कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्तm गर्नुभयो। सधै सामाजिक काम ब्यवसाय, जागिर भन्दा आफ्नो लागि पनि केही समय छुट्याएर मनोरञ्जन पनि हुने र एक आपसमा आपसी भाईचारा स्थापित हुने अवसरपनि भएको बताउनुभयो ।अध्यक्ष शर्माले तिज दिदिबहिनीहरुका लागि अत्यन्तै  रमाईलो पर्ब भएकाले एक आपसमा रमाईलो गरि जेछ मिठो मसिनो खाएर मनाउन आग्रह गर्नुभयो। 

२०८१ सालको तिज यही भदौ २१ गते परेको छ । तीजका अवसरमा  बिभिन्न संघसस्थाहरुले तिज मिलनकार्यक्रम तथ शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि रहेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update