Hamroprayas
बाल गायिका साँम्या पाण्डेको मेरो बाबा गीत सार्वजनिक 

बुटवल,भदौ १७
बाल गायिका साँम्या पाण्डेले “मेरो बाबा” नामक गीत सार्वजनिक गरेकी छन् ।  पितृ औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा लेजेण्ड फिल्मसको युट्युव च्यानलबाट गीत रिलिज गरिएको हो । यो गीत विशेष रूपमा बुबाको सम्मानमा समर्पित गरिएको छ।

बाल गायीका पाण्डेको सुरीलो आवाजमा रहेको यस गीतले भावनात्मक सन्देश ल्याउँछ। यस गीतलाई सुर रक्सले लेख्नुभएको छ भने एरेन्ज कमल राना र भिडियो छायांकन मि म्याक्सले गरेका छन्। गीतको निर्देशन उहाँकै बुबा दिपक पाण्डे ’लक्कीले’ गर्नुभएको छ । 

साँम्या पाण्डे “भ्वाइस अफ किड्स” सिजन २ को ब्याटल राउन्डसम्म पुगेकी थिइन् ।उनि यस गीतको माध्यमबाट बुबासँगको प्रेम र सम्मानलाई व्यक्त गर्ने प्रयासमा छन् ।


 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update