Hamroprayas
इनरव्हिल क्लब अफ तिलोत्तमाको तीज मिलन कार्यक्रम सम्पन्न 

बुटवल, भदौ २०

इनरव्हिल क्लब अफ तिलोत्तमाले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबको बार्षिक कार्यक्रम अन्र्तगत रहेर एक आपसमा रमाईलो र आत्मियता साटासाट गर्ने उदेश्यले आईतबार तिलोत्तमामा तीजमिलन कार्यक्रम सम्पन्न गरेको हो ।

तीज मिलन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इनरव्हिल डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयमेन आशा श्रेष्ठले महिलाहरुको महानपर्व तीजलाई  संस्कृतिको जर्गेना गर्दैै सभ्य र भव्य रुपमा मनाउन आग्रह गर्नुभयो । पुराना भाका र संस्कृतिलाई समेट्दै एक आपसमा रमाईलो गरि तीज मनाउनुपर्ने बताउनुभयो ।चाडपर्वहरुमा देखिने विकृतीलाई निरुत्साहित गरी चाडपर्वको मौलिकतामा रहेर पर्वहरु मनाउन सके यस्ता पर्वहरुको पनि सार्थकता हुने बताउनुभयो ।

बिभिन्न क्लबहरुको तर्फबाट बोल्दै इनरव्हिल क्लब अफ बुटवलका अध्यक्ष सम्झना ज्ञवालीले  पहिले तीजपर्व वर्षभरिका दुखसुख र  वेदना  पोख्ने माध्यमको रुपमा रहेको बताउनुभयो । तीजका कार्यक्रम नभएको भए साथीहरु संग नजिक हुन पनि लामो समय लाग्ने थियो तर एक आपसमा नाच गान र भेटघाटले गर्दा छिटै घुलमिल हुन सकिएको बताउनुभयो ।

क्लबका संस्थापक अध्यक्ष सपना रेग्मी लम्सालले तिजपर्ब एक आपसमा रमाईलो गरेर सभ्यताका साथ मनाउनु पर्ने बताउनुभयो ।

इनरव्हिल क्लब अफ तिलोत्तमाकाका अध्यक्ष सिता चालिसे शर्माले साथित्वको भावनालाई आत्मियता कायम राख्न यस्ता कार्यक्रमको आवश्यकता रहेकाले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

इरनव्हिल क्लब मिडटाउनमा अध्यक्ष राधिकादेबि रिजाल,क्लबका सल्लाहकारहरु प्रभा रेग्मी,तिर्सना श्रेष्ठ,अन्जु कार्कीको सहभागितामा सम्पन्न कार्यक्रमको स्वागत क्लबका सदस्य तथा तीजमिलन कार्यक्रमका संयोजक सरिता भुसालको स्वागत र क्लबका सचिव कल्पना पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update