Hamroprayas
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनःसुनार

बुटवल,भदौ २४ 
राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । अधिवेशनको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।  

संघको तेस्रो जिल्ला अधिवेशनबाट पुनः टंक सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । संघको उपाध्यक्षमा सुरेश परियार, सचिवमा कृष्ण रणपाल, सहसचिवमा गोविन्द रसाईली, कोषाध्यक्षमा ज्ञान कुमारी विक सर्वसम्मतरुपमा चयन भएका हुन् । 

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा प्रमोद नेपाली, मनिषा बस्याल नेपाली र भोजेन्द्र नेपाली चयन भएका छन् भने एक जना सदस्य पछि संघको पहिलो बैठकबाट मनोनयन गरिने संघले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update