Hamroprayas
नेकपा एमाले गुल्मीमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

बुटवल,भदौ २५
नेकपा एमाले,गुल्मी पार्टी स्कुल विभागको आयोजनामा तीन दिवसीय  जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण सोमवारदेखि गुल्मीको तम्घासमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष बालसिंह काउछाले नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरुलाई सहभागीका रुपमा स्वागत गर्दै जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षक बनाउन आयोजना गरिएको बताउनुभयो  । 

उहाँले प्रशिक्षक तयार भईसकेपछि वडासम्म प्रशिक्षण दिईने र त्यसका लागि स्कुल विभागले कार्ययोजना तयार गरि अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रशिक्षणमा केन्द्रीय पार्टी स्कुल विभागका प्रमुख एवम् पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव गोकर्ण बिष्ट,सचिव पदमा अर्याल,पोलिटव्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु गणेश खनाल,जंग बिक,केन्द्रीय पार्टी स्कुल विभागका सचिव घनश्याम कोईराला, सदस्य वाईपी आचार्य,प्रदेश पार्टी स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङ लगायत दर्जन नेताहरुले प्रशिक्षणमा सहजीकरण गर्ने छन् । 

प्रशिक्षणमा नेपालको कम्युनिस्ट ईतिहास,आन्दोलन,दर्शन, प्रशिक्षण व्यवस्थापन प्रस्तुति,सीप र शैली, उद्यमशीलता, पार्टीमा वैज्ञानिक प्रविधि र प्रयोग,बैठक सञ्चालन ,माइन्युट लेखन विषयमा सहजीकरण हुनेछ । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले ब्यानर पढेर सामुहिक उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन नेकपा एमाले गुल्मीका सचिव धर्म बिकले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update