Hamroprayas
उर्वर सहकारीको अध्यक्षमा माया थापा निर्वाचित 

बुटवल, भदौ २५
बुटवल ६ मा रहेको उर्वर वचत तथा ऋण सहकारीमा माया देवि थापाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । संस्था लिमिटेडको  १४औ  वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसनवाट थापाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष तथा निर्वाचन समिति सदस्य राम प्रसाद आचार्यले जानकारी दिनुभयो । 

समितिको उपाध्यक्षमा तेजलाल आचार्य, सचिवमा शम्भु आचार्य, कोषाध्यक्षमा कृष्ण प्रसाद भुसाल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शोभा वञ्जाडे, शोभा फुल्लेल, राम वहादुर सुनार, नारायण आचार्य र लक्ष्मण वञ्जाडे निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक डोलराज फुल्लेल र  सदस्यहरूमा सन्तोष आचार्य र विष्णु आचार्य निर्वाचित हुनुभएको हो । अधिवेशनको उद्धाटन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले अर्घाखाँचीको मरेङबाट रुपन्देही आएर बसेका ब्यक्तिहरु मिलेर सञ्चालन गरेको सहकारीका ईन्डेक्सहरु सकारात्मक रहेको बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष थापाले सहकारीको गरिमा उचो राख्ने बचतकर्ताको रकम सही सदुपयोग हुनेगरि काम गर्ने बताउनु भएको छ ।थापासंग मिडिया क्षेत्र ,इन्सुरेन्स संगै बिभिन्न सामाजिक संघसस्थामा काम गरेको अनुभव छ । उर्वर सहकारीमा ५ सय २५  शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update