Hamroprayas
एमाले शाखा कमिटी बुटवल ४ को अध्यक्षमा ज्ञवाली , सचिवमा क्षेत्री चयन 

बुटवल, भदौ ३१
नेकपा एमाले बुटवल ४ को अध्यक्षमा पुन नेदिराम ज्ञवाली चयन हुनुभएको छ । आइतबार सम्पन्न पार्टीको दोस्रो शाखा कमिटी अधिवेशन २०८१ बाट ज्ञवाली अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । 

१९ सदस्यीय कमिटीको उपाध्यक्षमा धर्मदत्त ज्ञवाली, सचीवमा मायादेवि क्षेत्री ,उप सचिव बिजय परियार र गीता कुमारी भण्डारी,सदस्यहरुमा सुधा गुरुङ, इन्दिरा नेपाल, प्रमिला नेपाली , इन्दिरा अर्याल,किलाननद पाण्डे,ध्रुवनिधि ज्ञवाली, सुरज बसेल,गोकर्ण ज्ञवाली,अखिलेस गुप्ता,ववर अलि,शंकर के शर्मा ,पुनम श्रेष्ठ,छबिलाल पाण्डे,बिण्णु खरेल रहनुभएको नेकपा एमाले प्रदेश सदस्य तथा अध्यक्ष मण्डलका ंसंयोजक टंक प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

शाखा कमिटीले ओम प्रकाश अर्यालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती पनि चयन गरेको छ, जसको सदस्यहरुमा टिकाराम शर्मा र तारा गौतम रहनुभएको छ। यसअघि कार्यक्रमको नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै गिरीले पार्टी पंतmीलाई बलियो गराउने गरि कार्यगर्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा एमाले केन्द्रिय सदस्य गुमादेवि आचार्य, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज गोपाल राना, प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई,जिल्ला सचिव चित्रबहादुर कार्की,नगर अध्यक्ष किशन ज्ञवाली, जिल्ला कमिटी सदस्य क्षेत्रिय ईन्चार्ज ऋषिराम पाण्डे,खेमप्रसाद लुईटेल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीलाई दिएको योगदानका आधारमा श्याम पन्त, पार्बती पौडेल, पुर्णमाया थापा,केशवराज ज्ञवाली,चन्दा गौतम राजु खनाल,रमेश न्यौपानेलाई सम्मानपत्र सहित दोसल्ला आढाएर सम्मान गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update