Hamroprayas
अकोराबको अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित

बुटवल,असोज १
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी पुनः निर्वाचित हुनुभएको छ । काठमाडौंमा आइतवार सम्पन्न १८ औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशनले गिरीको नेतृत्वमा निर्बिरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन समितिका सदस्य हरिबल्लभ नेपालका अनुसार अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा दिपू (खेमकुमारी) पोखरेल, मिलन गाहा मगर, नविन नरसिंह नेपाली र गोपाल बराइलीलाई चयन गरेको छ । यस्तै महासचिवमा बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्बिरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, केन्द्रीय सदस्यहरुमा अच्युत पौडेल, उर्वशी बस्न्यात, बलराम श्रेष्ठ, हेमन्तबहादुर बिक, पदम सुवेदी, नविनराज पौडेल, कमला कँडेल र गीता चिमोरिया निर्विरोध निर्वाचित हुनुभएको छ ।यसैगरी केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने तथा सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा, सदस्यमा बालकृष्ण पाण्डे र पवन पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी चयन 

अधिवेशनले सातै प्रदेशमा पनि निर्बिरोध कार्यसमिति चयन गरेको छ । जसअनुसार कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेश प्रदेश अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदूरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सेना निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य हरिबल्लभ नेपालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update