Hamroprayas
दसैं खर्च माग्न जव दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आउनुभो...........

बुटवल,असोज २

शिरमा ढाका टोपि । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुग्नु भयो ।

दसैं खर्चका माग्न आउनु भएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिनुभयो । सुर्खेतमा बस्दै आउनु भएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार यहाँ आईपुग्नु भएको हो ।

‘यो काठको कोशी हो । हातैले बनाएको । यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’उहाँले भन्नुभयो,‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो त । खर्च चाहियो ।’ दसैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश सम्म आईपुग्नु भएको छ । ‘साथिहरु आउन थालेका थिए । गाडी चढ्न डराए’उहाँले भन्नुभयो,‘मरे मै मरुला भनेर आएँ ।’राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।

मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रो संग दसैं मनाउन दिबहादुर मार्फत सन्देश पठाउनु भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update