Hamroprayas
शिक्षा संगै सिप, संस्कार र प्रविधिलाई जोड्दै बुटवलको दीप बोर्डिङ हाई स्कुल

बुटवल, असोज १
चित्रकलाले सजिएको एउटा हल । जहाँ बिभिन्न किसीमका चित्रहरु टाँसीएका छन् । नेपाललाई चिनाउने नेपालको नक्सा, राष्ट्रिय झण्डा, राष्ट्रिय चरा डाँफे आदि .....................

नेपालीका मौलिक सामग्रीहरु । बिभिन्न किसीमका फुलहरु । भोलिको देश हाक्न तम्तयार हुदै गरेका बिद्यार्थी भाईबैनीहरु आ आफ्नै मोलिक पोशाकमा सजिएका छन् । कोही नाच्ने तयारीमा थिए । कोही गित गाउने त कोही नाटक प्रदर्शन गर्ने  । 

अभिभावक,शिक्षक, अतिथि र बिद्यार्थीहरुले गरेका क्रियाकलापले हल थप रंगिचंगी थियो । यि सबै सामग्री जति हलमा टाँसिएका छन्, ति सबै दृश्य बुटवल ८ मा रहेको दीप बोर्डिङ हाई स्कुलका बिद्यार्थीहरुका प्रतिभा हुन।  

हो, यो दृश्य दीप बोर्डिङ हाई स्कुलले बिद्यार्थीहरुका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले मंगलबार आयोजना गरेको कार्यक्रम हल भित्रको हो। कक्षा ४ का बिद्यार्थीका लागि आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीहरुले आ- आफ्ना प्रतिभा प्रस्फुटन गरेका थिए । 

कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले कक्षागत हिसाबले अतिरिक्त क्रियाकलाप आयोजना गरेको बताउनुभयो । अहिलेको एक्काईसौ शताब्दीमा बिद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रित नगरेर अन्य सबै बिषयमा दक्ष बनाउनका बिद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउनुभयो । प्राचार्य न्यौपानेले बिद्यालयले सिप, संस्कार र प्रविधिलाई जोड्न आवश्यक रहेकाले त्यही ढंगबाट पठनपाठनलाई अगाडी बढाएको बताउनुभयो ।उहाँले बालबालिकाको अन्तरर्निहित क्षमताले अध्ययनलाई थप सफलता मिल्ने भएकाले पनि यस्ता कार्यक्रम आयोजना गर्न आवश्यक रहेको औल्याउनु भयो। 

कार्यक्रमका प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले बालबालिकालाई अभिभावकले घरमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिलाई बिद्यालयमा जादा आउदा आवश्यक पर्ने सामग्री अभिभावकले सही तरिकाले ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 


बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले बालबालिकालाई असल शिक्षा प्रदान गरी बालबालिकको भविष्य उज्जवल बनाउने गरि बिद्यालयले शिक्षा प्रदान गरेको बताउनुभयो । ध्वजुले एउटा बिद्यार्थीको भबिष्य निर्धारणका लागि अभिभावक, बिद्यार्थी , बिद्यालय, परिवारको पनि अत्यन्तै महत्वपुर्ण योगदान हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा बिद्यार्थीहरुले ,राष्ट्रिय गान, गुरु बन्दना,विभिन्न किसिमका बाजा बजाउने कला, सचेतनामुलक नाटक प्रदर्शन, कराते ,नाच्ने , गाउने,कबिता वाचन, लाईभ चित्रकला अन्र्तगत बिद्यार्थीहरुले १५ मिनेटमा डाँफेचरा बनाएर प्रदर्शन गरेका थिए। 

कार्यक्रममा उप प्रचार्यहरु कलाधर अर्याल, ज्ञानु केसी,सुरेन्द्रकुमार शाक्य, बिण्णुमाया श्रेष्ठ,प्रबिणमान श्रेष्ठ, लगायतको उपस्थित रहेको  थियो । कक्षा ४ का बिद्यार्थीहरुका कार्यक्रम शिक्षिकाहरु सरला थापा र नारायणी भुसालको सञ्चालन साथै शिक्षिका सरिता सोतीको संयोजनमा सम्पन्न भएको थियो ।   

 


 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update