Hamroprayas
लुम्बिनी प्रदेशमा उत्सवमय संविधान दिवस

दाङ(देउखुरी),असोज ३

लुम्बिनी प्रदेशमा संविधान दिवसकाे अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरकाे मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रकाे परिक्रमा गरेकाे थियाे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायकाे झाँक्री सहभागी थिए ।

अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरकाे प्रमुख आतिथ्यतामा मुल समाराेह चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update