मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा ज्ञवाली चयन
बुटवल,असोज ४
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन हुनुभएको छ । समाज रुपन्देहीको बिहिबार भएको २५औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कंडेल कल्पना ढकाल, कल्पना रसाली र उमादेवकोटा रहनुभएको छ ।
साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी ,सागर भुसाल र छमकला पौडेल छनोट भएको निर्वाचन समिति संयोजक हरिष ढकालले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय