Hamroprayas
राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई 

बुटवल,असोज ४
राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गरेको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० ९ ८१  का अवसरमा प्रदान गरिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा अर्वाड सहित नगद २५ हजार रुपैया नगद प्रदान गरेको रेडियोका अध्यक्ष दिपु पोखररेले जानकारी दिनुभयो । सम्मान प्रदान गर्दै मन्त्री भट्टराईले आगामी दिनमा पनि रेडियोको माध्यमबाट शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका निवार्ह गर्न आग्रह गर्नुभयो । शिक्षा बिना समाज र राष्ट्र अगाडी बढ्न नसक्ने जानाउँदै उहाँँले सबै क्षेत्र मिलेर शैक्षिक क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । 

पुरस्कार तथा सम्मान ग्रहणगर्दै रेडियोका अध्यक्ष दिपु पोखरेलले सम्मानले थप हौसला मिलेको बताउनुभयो । निरन्तर १६ बर्षदेखि आवाज बिहिनको आवाज उठाएर समाजमा सञ्चारको माध्ययमबाट खेलेको भुमिका र योगदानको उचित मुल्यांकन गरी सम्मान गरेकोमा समुहलाई धन्यवाद ब्यक्त गर्नुभयो । आगागी दिनमा पनि रेडियाले शिक्षा क्षेत्रका समस्या पहिचान गरि रेडियोकोे माध्ययमबाट निरन्तर रुपमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

मोफसलमा रहेर महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक रेडियोले सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि, र यसको बिस्तारमा पुर्र्याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको समुहका सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक हरि थापाले बताउनुभयो । महिलाहरुद्धारा सञ्चालित रेडियो मुक्ती बिगत १६ बर्षदेखि लुम्बिनी प्रदेशको बुटवलबाट ९५ थोप्लो ५ मेगाहर्जबाट प्रसारण हुदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update