Hamroprayas
अन्तरविविधता सम्बन्धी एकदिने कार्यशाला रुपन्देहीमा सम्पन्न 

तिलोत्तमा,असोज ७
रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेश स्तरीय अन्तरविविधता सम्बन्धी एकदिने कार्यशाला आईतबार सम्पन्न भएको छ । एक्सेस प्लानेटको आयोजना युएस एड,स्ट्याण्ड र द एसिया फाउण्डेसनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । एक्सेस प्लानेट कार्यकारी निर्देशक लक्ष्मी नेपालले महिलाहरु भित्रपनि अन्तरविविधता रहेकाले यसको बारेमा बुझाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। 

नेपालले संघ संस्थाका बिचमा पनि अन्तरविविधताका बारेमा कुरा गर्न जरुरी रहेको बताउदै महिला सम्बन्धी काम गर्ने संस्थाले महिलाको मात्रै कुरा गर्ने, अपांगता भएका ब्यक्तीले अपांगताको मात्रै कुरा गर्ने भन्दा पनि सबै क्षेत्रका समस्या समाधानका लागि सबै संघसंस्थाले आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । मानिसको पहिचान एउटा मात्रै हुदैन उहाँले भन्नुभयो, उँ दलित हुनसक्छ,सिमान्तकृत हुनसक्छ,अविकसित क्षेत्रको हुनसक्छ,एउटै व्यक्तीका धेरै पहिचान हुनसक्छन्, त्यो नैे विविधता हो,यसका बारेमा छलफल हुन जरुरी छ ।

कार्यशालाको सहजीकरण गर्दै प्रशिक्षक प्रतिमा पन्थीले कुनै पनि एक ब्यक्तीमा दुई वा दुई भन्दा बढी पहिचान बोकेको भएमा त्यो अन्तरविविधता हुने बताउनुभयो । जसले गदौ ब्यक्तीले गर्ने अनुभव, जिज्ञासा, अपेक्षाहरु सबै फरक फरक हुनसक्छन्। पन्थीले सामाजिक क्षेत्रमा काम गर्ने हरेक संघसंस्थाले अन्तरविविधता सम्बन्धि छलफल,अन्तरक्रिया र कार्यशाला गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा रुपन्देही,बाँके ,दाङ र पाल्पामा रहेर काम गर्ने बिभिन्न संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यशालामा सहभागीहरुलाई समेटेर अन्तरविविधताका बारेमा बहस ,छलफल गर्न र स्थानिय तहबाटै विविधताका बारेमा जानकारी गराउनका  र अपांगता भएका  महिलाको प्रतिनिधित्व गराउन संजाल गठन गरिने एक्सेस प्लानेटका फाईनान्स अफिसर सन्जु श्रेष्ठले बताउनुभयो  ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update