Hamroprayas
अपांगता भएका बालबालिका र महिलाहरुका लागि थप संरक्षणको आवश्यक

तिलोत्तमा, असोज ८  
अपांगता भएका महिला तथा बालबालिकाहरुका लागि थप बिशेष सुविधा र संरक्षणको आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला तथा वालवालिककाो सवालमा सञ्चारकर्मीहरुको भुमिका बिषयक अन्र्तक्रियामा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 

युएसएड,स्ट्याण्ड,द एशिया फाउन्डेसनको सहयोग एक्सेस प्लानेट संस्थाको आयोजनामा सोमबार सम्पन्न भएको कार्यशालामा बोल्दै एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले अपांगता भएका ब्यक्तिमाथि सकारात्मक दृष्टिकोणको खाँचो औल्याउनुभयो । 

उहाँले अपांगताको परिभाषा र तथ्यांकका बिषयमा प्रकाश पार्दै नेपालमा अपांगता भएका ब्यक्तीका लागि सीप अवरोध भएको बताउनुभयो । नेपालमा अपांगतालाई १० प्रकारमा बिभाजन गरेको भएपनि राज्यबाट पाउनुपर्ने कतिपय सेवा सुविधा र अधिकारबाट बञ्चित हुनुपरेको सुनाउनुभयो । कार्यकारी निर्देशक नेपालले त्यसमा पनि बौद्धिक अपांगता ,अपांगता भएका महिला वालवालिकाहरुको सवालमा सञ्चारमाध्यमले अझैबढी आवाज उठाउन आवश्यक रहेको बताउनुभयो । 

संस्थाले अपांगता भएका ब्यक्ती तथा महिलालाई ध्यानमा राखेर न्यायमा पहुँच परियोजना सुरु गरेको नेपालको भनाई छ । सञ्चार माध्यमले प्रयोग गर्दा अपांगता सम्बन्धी मर्यादित शब्दहरुको प्रयोग गर्न,दयामुखि अवधारणा नरा्ख्न, अधिकारका बिषयमा बृहत जानकरी दिन आग्रह गर्नुभयो । कार्यशालामा पत्रकार आरपी आचार्यले लुम्बिनी प्रदेशमा अपांगता  समस्या के छ ? अपांगता भएका ब्यक्ती कति छन्? भनेर तथ्यांक संकलन गरेर अगाडि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो। 

त्यस्तै संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले अपांगता भएका ब्यक्तिका प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका बिषयमा ध्यान नगएकोमा जोड दिनुभयो। उहाँले यो बिषय उठानमा आगामी दिनमा सुधार गर्नुपर्ने खांचो औंल्याउनुभयो । 

कार्यक्रममा पत्रकार उषा किरण पन्थ, अस्मिना पाण्डे , एक्सेस प्लानेटका फाईनान्स अफिसर सन्जु श्रेस्ठ र एशिया फाउन्डेसनका रघुनाथ रानाले अपांगता भएका नागरिकको अधिकार प्रत्याभुतका लागि सबै क्षेत्रको सहयोगको साथ आवश्यक रहेको  बताउनुभएको थियो। 

कार्यक्रममा रुपन्देहीका करिब २० जना पत्रकार सहभागी थिए।नेपाललको जनगणना २०७८ का अनुसार २श्र२ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५।८ महिला र ५४श्र२ पुरुषको संख्या छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार विश्वमा १६ प्रतिशत गम्भिर अपांगता भएका व्यक्तिहरु छन् । नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ। 


 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update