Hamroprayas
डा .पाण्डेको पुस्तक ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ पुस्तकको बुटवलमा चर्चा

बुटवल, असोज ८
नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य डा .विन्दा पाण्डेको पछिल्लो समय प्रकाशित ‘संसदीय राजनितिमा लैङ्गिक सहभागिता’ पुस्तकको बुटवलमा चर्चा गरिएको छ । सञ्चारिका समुह लुम्बिनीको आयोजनामा मंगलबार बुटवलमा सम्पन्न पुस्तक चर्चा कार्यक्रममा लेखक पाण्डे, लुम्बिनी प्रदेशका बर्तमान  सांसद,संस्थापकसांसद,राजनितिकर्मी महिला ,लेखक ,पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

पाण्डेको पुस्तक चर्चागर्दै वक्ताहरुले महिलाहरुको समान सहभागिताका लागि आर्थिक ,सामाजिक, धार्मिक,राजनीतिक, सास्कृतिक अधिकारमा समानता हुन आवश्यक रहेको बताए । राज्यका सबै निकायमा समावेशी सिद्धान्तका आधारमा समानुपातिक सहभागिताको हक हुने उल्लेख भए पनि यसको कार्यान्वयनको पक्ष झन् फितलोे भएकाले घर, परिवार, समाज र राज्यले पनि समान सहभागिताको अवधारण कार्यन्वयन गर्नुपर्ने बताएका थिए । 

प्रदेश सभा सदस्य भगवती घिमिरेले प्रदेशको अभ्यासमा देश अघि बढेपनि महिलालाई राजनीतिमा नपत्याउने प्रबृति हाबी भएको बताउनुभयो। पाण्डेको पुस्तकले संसदीय अभ्यासमा पठनिय हुने बिश्वास ब्यकत गर्नुभयो । 
अर्का प्रदेश सभा सदस्य जमुना ढकालले ठुला राजनितिक दलका पुरुष नेताहरुमा महिलाहरुलाइ नेतृत्व दिन हिचकिचाउने गरेको अनुभव सुनाउनुभयो ।

बुटवल उपमहानगरपालिकका निबर्तमान उपप्रमुख गुमादेबि आचार्यले महिला र पुरुषमा राजनितिक चेतना भएपनि कार्यानवयनमा अझै कठिनाई भएको बताउनुभयो ।संसदीय राजनीतिमा लैङ्गिक सहभागिता पुस्तकमाथि समीक्षा गर्दै लेखक दलबहादुर गुरुङले हालको संवैधानिक व्यवस्था प्राप्तिका लागि महिलाहरुले निरन्तर संघर्ष गर्नुपरेको बताउदै महलिाहरुको नेतृत्वमा पहुचका लागि साथ दिन तयार रहेको बताउनुभयो ।

लेखक ऋषी आजादले महलिाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन जरुरी रहेको बताउदै महिलाहरु जुनसुकै क्षेत्रबाट प्रतिस्पर्धामा आउनसक्ने वातावरण निर्माणका लागि राजनीतिक दलहरु गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।  

लेखक डा.पाण्डेले महिला आन्दोलनकै सिलसिला स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । आफू पहिलो संविधानसभामा रहेर महिला सहभागिताका लागि काम गर्दै गर्दा आफ्नै पार्टी र पार्टीका सांसदहरूसँगको लडाइँ सम्झिँदै उहाँले यस्तो परिस्थिति अझै अन्त्य हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य थानकुमारी थापा,दिपा बि क, लेखकद्धय माधव पौडेल ,मनिकर कार्की ,एमाले लुम्बिनी प्रदेश सदस्य ज्ञानु केसी ,अनेमसंघ रुपन्देही अध्यक्ष बिण्णु केसी ,सञ्चारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल लगायतले पुस्तकले नेपालको राजनितिमा महिला सहभागिता बढाउन र संसदीय अभ्यासमा जानकालागी थप सहयोग पुग्ने बताउनुभएको थियो । 

पुस्तकमा नेपालको संसदीय राजनीति र महिला सहभागिता, संविधानसभा गठनदेखि संविधान घोषणासम्मका सम्पूर्ण प्रक्रिया र काम तथा संघीय लोकतान्त्रिक गणतन्त्र र निर्वाचन कानुन निर्माणको अभ्यास जस्ता विषयमा गहिरो गरी लेखिएको छ। 

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक १७७ पृष्ठ लामो छ। पुस्तकको मूल्य ३९५ रुपैयाँ तोकिएको छ । पाण्डेको यो सातौं कृति हो। पाण्डेले यो भन्दा पहिले ‘धर्तीमाथिको दाबी’, ‘समानताका पाइलाहरु’, ‘विमेन इन नेपाली पोलिटिक्स’, ‘नेपाली श्रमिक महिला आन्दोलनमा महिला सहभागिता’ लगायतका पुस्तका प्रकाशित छन्।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update