Hamroprayas
“शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू” विषयक पुस्तक विमोचन

रुपन्देही, असोज ९ 
रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक बुधवार विमोचन गरिएको छ ।गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले पुस्तक विमोचन गर्नुभएको हो  ।

सह प्राध्यापक डा. मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन गाउँपालिकाको सामाजिक सांस्कृतिक बस्ती स्थिति , थारु जातिको सर्वेक्षण, लोक साहित्यको विधागत स्वरूप, माधोनल नाचको विधागत स्वरूप, लोकगाथाको विधागत स्वरूप, मगर तथा बाहुन समुदायका भजन तथा कला, मधेसी समुदायका प्रदर्शन कलालाई उतारिएको छ ।

भाग एकको रूपमा पालिकाले प्रकाशन गरेको पुस्तकको विमोचन गर्दै अध्यक्ष बस्यालले गाउँपालिकाको विविधताको अवस्था दर्साउनको लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रुकुमनारायण थारु, भागवत थारु, वसन्तराज बराल र पुष्पा अर्यालको क्षेत्र कार्य सहयोग तथा दयाराम थारु र अशोक थारुको अनुवाद सहयोगमा पुस्तक तयार भएको लेखक डा. शर्माले जानकारी दिनुभयो ।

लेखक डा. शर्माले यस अघि ६ पुस्तक प्रकाशन गरिसकेका छन् । कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान विभाग प्रमुख प्राडा गितु गिरिले लोक संस्कृतिले पालिकाको पहिचान कायम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रहनुभएका गिरीले सुद्धोधन गाउँपालिका भित्र रहेका सस्कृतिहरुको प्रचार प्रसार र स्थायित्वको लागि सहयोगी बन्ने बताए । बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती , लुम्बिनी बाङमय प्रतिष्ठानका प्रमुख ऋषि आजाद , डा. अजिद खनाल , थारु कल्याणकारी सुद्धोधन अध्यक्ष बद्री थारु लगायतले बोल्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update