Hamroprayas
गृह जिल्ला अर्घाखाँचीमा एमालेलाई बलियाे शक्ति बनाउदै  मुख्यमन्त्री, एकै दिनमा भित्रिए महत्त्वपूर्ण नेतृत्व 

अर्घाखाँची, असाेज ९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीलाई एमालेकाे बलियाे राजनितीक शक्ति बनाउने भूमिकामा हुनुहुन्छ । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्त्वपूर्ण नेतृत्वहरुलाइ एमालेमा समाहित गर्न सफल हुनुभएको छ । पार्टिमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिकाे रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगाे देशकाे नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्‍याउने उद्घाेष गर्नु भयाे ।

नेकपा माअोवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमाेर्चा युवक संघका पुर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल,देउराली यातायात समितका अध्यक्ष गाेविन्द्र बजान्डे सहित १ सय ७३ जना माअोवादी, राजमाे र कांग्रेस परित्याग गरि एमालेमा समाहित हुनुभएकाे हाे । 

मुख्यमन्त्री आर्चायले कम्युनिस्टकाे केन्द्र एमाले भएकाे उल्लेख गर्दै अलमलमा रहनु भएका सबैलाई एमालेमा समाहित हुन आह्वान  गर्नुभयाे । जिल्लाकाे विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै संघ र प्रदेशमा सत प्रतिशत जित निकालेकाे स्मरण गर्दै आगामि निवार्चनमा पनि सत प्रतिशत जित निकाल्न याे प्रवेश महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बाेमबहादुर विक, जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष शम्भु पाेख्रेल, सचिव ताेजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टी समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता जाहेर गर्नुभयाे ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update