Hamroprayas
शिर निहुँरिन दिने छैन, छाति चौडा हुनेगरी काम गर्नेछु: मुख्यमन्त्री आचार्य

दाङ,असोज १३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सकार निर्मम भएर अघि बढ्न खोजेको बताउनु भएको छ । पूर्व बिशिस्ट व्यक्तिको सुविधा खारेजी देखि मुख्यमन्त्री तथा मन्त्रीहरुलाइ आचारसंहिता लागू गरेर जनतामा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी निर्मम निर्णयहरु गरेर अघि बढेको स्पष्ट पार्नु भएको छ ।

सुपा देउराली मन्दिर निर्माण तथा व्यवस्थापन समिति लमही नगरपालिका–५ र रेडियो हाइवे लमहीले संयुक्तरूपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न आफू कठोर भएर अघि बढेको बताउनु भयो ।

साच्चै गाडी चढ्ने मन भएको भए त्यो निर्णय किन हटाउथे । पद बाट हटेको भए पनि गाडी पाउथे । चालक पाउथे । डेढ सय लिटर तेल पाउथे । तर, मैले निर्णय उल्टाएझउहाँले भन्नुभयो–ञपूर्व बिशिस्ट व्यक्तिले पाउने सेवा सुविधाको निर्णय उल्टाए । त्यसपछि सबैले गाडी फिर्ता गरे । सरकारले सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गरेको छ । आफू नेतृत्व सरकारले नराम्रो काम नगर्ने भनाइ उहाँको छ । तपाईहरुको शिर निहुँरिन दिने छैन । छाति चौडा हुनेगरी, सन्देश दिनेगरी काम गर्नेछु । सके राम्रो गर्ने छु, नसके काम बिगार्ने छैनझउहाँले भन्नुभयो– म मृत्युलाई जितेर बाँचेको हुँ । सेवाको निम्ति सधैं समर्पित छु । मनमा खोट भएन भने त्यो मान्छेले काम गरेर देखाउन सक्छ ।'

उपभोक्ता समितिको नाममा हुने बेथिति रोक्न योजना कार्यान्वयनलाइ प्रतिसपर्धात्मक बनाउन सफल भएको बताउनु भयो ।निर्णय गरेको केही समय सम्म दबाबहरु आए तर, हामी निर्णयमा अडिग थियौंझउहाँले भन्नुभयो–ञअहिले ठेक्काको काम अघि बढिसकेको छ ।

कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसीले प्रदेश सरकारले अघि बढाएको सुशासन र भष्ट्राचार नियन्त्रण गर्ने कामबाट नागरिकमा आशा जगाउन सफल भएको बताउनु भयो । देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा रेडियो हाइवे सञ्चालक समितिका अध्यक्ष लिलाराम खनालले लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका कामले नागरिकमा बेग्लै अनुभुती दिन थालेको बताउनु भयो । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति र रेडियो हाइवेको तर्फबाट मुख्यमन्त्री आचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

लमहीमा सुपा देउराली मन्दिर बन्दै 

अर्घाखाँचीबाट बसाइँसराइ गरेर दाङ देउखुरी झरेकाहरुको प्रयासमा लमहीमा ढुंगाबाट मात्रै बनेको सुपा देउरालीको मन्दिर स्थापना गर्न थालिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समुहले सञ्चालन गरेको पार्क भित्र मन्दिर स्थापना गर्न थालिएको समितिका अध्यक्ष डिल्लीराज खनालले जानकारी दिनुभयो । सिमेन्ट र सरिया बिना ढुंगा कुदेर मन्दिर बनाउन थालिएको हो । यो मन्दिरले पर्यटन प्रबर्द्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ । मन्दिर बनाउन प्रदेश सरकारले साथ दिने, यो बर्ष बजेट उपलब्ध गराउन नसक्ने, अर्काे बर्ष अनुभुति हुनेगरी बजेट बिनियोजन गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो । ताराप्रसाद  खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नारायणप्रसाद भुसालले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update