Hamroprayas
कानुङमा टीम बिल्डिङ्ग तालिम 

बुटवल,असोज १३

संस्था सञ्चालन र व्यवस्थापनका लागि टीम बिल्डिङ्ग तालिम बुटवलमा शनिवार सम्पन्न भएको छ ।

कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आयोजना गरेको उक्त तालिममा सो सहकारीका सञ्चालक समिति,लेखा समिति,धितो तथा ऋण उपसमिति,शिक्षा तथा कल्याणकारी एवम् सदस्य अभिवृद्धि उपसमिति र सल्लाहकार समितिका सदस्यहरुका  लागि कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहकारी सञ्चालन र व्यवस्थापनका लागि आवश्यक तत्वहरु,टीम निर्माण र यसका आधारभूत पक्षहरु र सहकारीलाई मितव्ययी बनाउनका लागि अपनाउन सकिने विधिहरुका सन्दर्भमा सहकारी अभियन्ता डीबी गुरुङले सहजीकरण गर्नुभएको थियो। 

तालिम समापन समारोहको अवसरमा कानुनी सल्लाहकार मदनकुमार पुन,सहभागी खीमा राना,संस्थाका अध्यक्ष बेनप्रसाद थापा,उपाध्यक्ष दानबहादुर थापा,सचिव युवराज काउचा लगायतले संस्थाको उन्नति र प्रगतिका लागि टीम बिल्डिङ्ग तालिम अत्यन्तै प्रभावकारी रहेको र आगामी दिनमा समेत पुनर्ताजगी तालिम आवश्यक रहेको बताउनुभयो ।

साथै भरखरै सम्पन्न १६ ओैं वार्षिक साधारण सभा र छैटौं अधिवेशनको समीक्षा समेत गरिएको निवर्तमान अध्यक्ष टोपबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update