Hamroprayas
बुटवल कालिका क्याम्पसमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न 

बुटवल, असोज १४ 
बुटवल कालिका क्याम्पस बुटवल, रुपन्देहीले बिसिएतर्फको पहिलो सेमेष्टरका विद्यार्थीलाई स्वागत र आठौं सेमेष्टरका विद्यार्थीलाई बिदाई कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले बिदाई भएर जाने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो ।

विद्यार्थीलाई यो क्याम्पसले उत्कृष्ट शिक्षा दिन कुनै कसर नराख्ने बताए । साथै देशको नमूना क्याम्पसको रुपमा रहेको कालिकालाई निरन्तर रुपमा यही गतिमा अघि बढाउन सबैले साथ र सहयोग दिनुपर्ने बताउनुभयो ।नयाँ विद्यार्थीसँस कालिकाको गरिमालाई उँचो राख्न उनले अपील समेत गरेका छन् । 

त्यसैगरी विशिष्ट अतिथिका रुपमा बोल्दै क्याम्पस प्रमुख घनश्याम पाठकले कालिका क्याम्पस सबै विद्यार्थीको रोजाई रहेको बताउँदै नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत र आठौं सेमेष्टरका विद्यार्थीलाई बिदाई मन्तव्य व्यक्त गर्नुभयो। उहाँले कालिका क्याम्पस अनुशासनको केन्द्र रहेको र अभिभावकहरुले आफ्ना सन्तानका “सिकाई मियो“ मानेको उल्लेख गर्नुभयो ।

कम खर्चमा पढाईने कालिका क्याम्पसको नतीजा देशकै उत्कृष्ट रहेको जानकारी गराउँदै भविष्य निर्माणको असल मुकाम बन्न सबैको सहयोगको अपेक्षा गर्नुभयो  । सो कार्यक्रममा बिसिए संयोजक  आशीष न्यौपानेले विद्यार्थीले कालिका क्याम्पस रोज्नुले पनि यसको महत्व बढेको बताउनुभयो ।

विद्यार्थी सञ्जय खनाले सहभागी सबैलाई स्वागत तथा बिदाई मन्तव्य दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीले सामुहिक नृत्य तथा एकल गायन प्रस्तुत गर्नुभएको थियो  ।  कार्यक्रमको  सञ्चालन सुशान्त श्रेष्ठ र सुस्मिता भट्टराईले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update