Hamroprayas
अवरुद्ध दाउन्ने सडक सुचारु गर्न पहल, मर्मत गर्न ६/७ घण्टा लाग्न सक्ने

बुटवल, असोज १४ 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व पश्चिम राजमार्ग अन्तरगत अवरुद्ध दाउन्ने सडक सुचारुका लागी पहल लिनु भएको छ ।

तीन वटै सुरक्षा निकायका प्रमुखहरु संग सम्पर्क गरेर सडक मर्मत गरेर तत्काल सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको हो । पहिरो जाँदा सडक २ फिट सम्म भाएिको छ । राम्रो संग मर्मत गरेर सडक सुचारु गर्न ६–७ घण्टाको समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।

‘म अहिले फिल्डमै छु । अव सडक मर्मतको काम सुरु हुदैछ’उहाँले भन्नुभयो,‘सडक धेरै भासिएकाले सामान्य मर्मतले यो खुल्ने अवस्था रहेन । छिटो काम सक्नेगरी हामी लागीपरेका छौं ।’रातको समय छ । यात्रुहरु सवार सवारी साधनलाई पूर्व र पश्चिमको सुरक्षित क्षेत्रमा रोकिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update