Hamroprayas
हिमानीको जन्मदिनमा ट्रष्ट रुपन्देहीद्वारा गौशालामा आहार वितरण 

बुटवल,असोज १५
श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको जन्मोत्सवको अवसरमा हिमानी ट्रष्ट रूपन्देहीले गौशालामा आहार प्रदान गरेको छ । 
ट्रष्टले बुधबार बुटवल उपमहानगर वडा नम्बर ७ शिवनगरमा रहेको गौशालामा त्यहाँ राखिएका गाइ गोरुलाई आवश्यक पर्ने आहार वितरण गरेको हो। 

हिमानी शाह आफैपनि सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय भइरहने हुदा उहाँको बाकी जिवनपनि सामाजिक कार्यमा समर्पित होस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको ट्रष्टका रुपन्देही संयोजक प्रजुना श्रेष्ठ सिलवालले बताउनुभयो । 

ट्रष्टले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ । गएको असोज १२ गते शनिबार ट्रस्टद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक सिलवालले जानकारी दिनुभयो।आहार वितरण कार्यक्रममा ट्रष्टका सदस्य कृषला न्यौपाने र रोशन क्षेत्रीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update