बुटवल,कार्तिक २३
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अधिकारकर्मि, साहसी कदम नेपाल रूपन्देही अध्यक्ष आनिक रानाको निधन भएको छ ।
लामो समय देखि घाँटीको क्यान्सर रोगबाट पिडित रानाको उपचारका क्रममा चितवनको वि.पि मेमोरियल क्यान्सर अस्पतालमा निधन भएको हो ।लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा रहेर वकालत गर्दै आउनुभएकी आनिक सामाजिक अभियान्ता समेत हुनुहुन्थ्यो ।
जन्मले पुरुष भएर जन्म लिए पनि पछि उहाँले आफुलाई महिलाको रूपमा पहिचान स्थापित गराउनुभएको थियो ।
यमबाहदुर राना पछि उहाँले आफु अन्य लिंगि भएको भन्दै नागरिता समेत अन्य लिंग बाट यम बहादुर राना आनिकका नाममा लिनुभएको थियो । उहाँ एचआईभी एड्सबाट समेत प्रभावित हुनुहुन्थ्यो ।
आनिकको निधनले यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय संगै अधिकारको क्षेत्रमा वकालत गर्ने एक असल नागरिक गुमाएको छ ।
भावपुर्ण श्रद्धाञ्जली ...................