बुटवल,मंसिर १०
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ ।यसबर्ष हामी सबैको प्रतिबद्धता , लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ देशैभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ । अभियानको पहिलो दिन सोमबार बिहान बुटवलमा सचेतनामूलक र्र्याली निकालिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको अगुवाईमा बुटवलका सामाजिक संघसस्था,बिद्यार्थी, मानवअधिकारकर्मी सञ्चारकर्मीहरुको सहभागितामा र्याली निकालिएको हो ।र्र्यालीमा सहभागीहरुले महिला हिंसा विरुद्ध ऐक्यबद्धता,हाम्रो दायित्व हाम्रो प्रतिबद्धता ,लैंगिक समानताको सुरुवात ,हिंसामुक्त समाज,हरेक घर हरेक पालिका ,हुनुपर्छ साहसी बालिका , छोराछोरी बराबरी,घरबाट शुरु महिला हिंसा अन्त्य गरौं,महिला हिंसा अन्त्य गरौं,न्याय र शान्तीको मार्ग खोलौ, हिंसा नै अपराध हो जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
राजमार्ग चौराहाबाट शुरु भएको र्याली मिलनचोक, बसपार्क हुदै इलाका प्रशासन कार्यलय बुटवलमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभामा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयलाई इलाका प्रसाशन कार्यलय बुटललका प्रमुख रामचन्द्र अर्याल मार्फत १९ बुदे ध्यानाकर्षण पत्र ज्ञापन गरिएको छ ।
सेतो गुरास वाल विकास सेवा रुपन्देहीका निर्देशक तथा र्र्यालीका संयोजक सुमित्रा शर्मा ,एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता इन्दिरा आचार्य, अपांगता अधिकारकर्मी साबित्रा घिमिरे ,महिला मानव अधिकारका लागि एकल महिला जिल्ला संजालका सचिव रिता सेन, रेडियो मुक्ती बुटवलका स्टेशन म्यानेजर कल्पना तिवारी मानव अधिकार एलायन्सका रुपन्देही अध्यक्ष माधव सापकोटा लगायतले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै एडभोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता इन्दिरा आचार्यले कार्यस्थलमा हुने यौनजन्य हिंसा रहित वातावरण तयार गरि कानुनलाई कडाईका साथ पालना गर्न, सामाजिक संजाल र सार्वजनिक स्थानहरुमा लैंगिक संबेदनशिल स्थानको रुपमा निगरानी गर्न, हरेक स्थानिय तहको बजेटको कम्तीमा १५ प्रतिशत बजेट महिला उत्थान तथा विकासमा लगानी सुनिश्चित गर्न , घरेलु हिंसाको अन्त्य र सबै किसीमका हिंसा अन्त्य गरि शान्ती स्थापना गर्न माग गर्नुभयो।
ज्ञापन पत्र बुझ्दै इलाका प्रसाशन कार्यलय बुटवलका प्रमुख रामचन्द्र अर्यालले हिंसा गर्नु अपराध भएको बताउदै आजै ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कानुन र संरचना मात्रै भएर पुग्दैन,हामीहरुको धारणा र व्यवहार परिवर्तन गर्न आवश्यक छ,उहाँले भन्नुभयो । अझैपनि महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउदै अर्यालले नेपालको संविधान,निति,कानुनमा महलिाको पुर्ण अधिकार स्थापित हुदाहुदै पनि व्यवहारिक रुपमा कार्यन्वयन हुन नसक्दा हिसांका घटनाहरु कमी हुन नसकेको बताउनुभयो । र्र्यालीमा रुपन्देहीमा क्रियाशिल २३ संघसस्थाको सहगागिता रहेको थियो ।