Hamroprayas
सामुदायिक वनलाई आम्दानीसँग जोड्नुपर्नेमा जोड 

पाल्पा, कार्तिक २० 
बेवरे चिउरी गौंडा सामुदायिक वन उपभोक्ता समूह, पाल्पा, तिनाउ–२,दोभानको २० ओैै वार्षिक साधारणसभा एवम् ११ ओैं अधिवेशन सोमवार नुवाकोटमा सम्पन्न भयो । 

सभामा समूहका अध्यक्ष जुद्वबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षको अनुमानित वजेट प्रस्तुत गर्नुभएको थियो । सोही सभामा समूहकी सचिव हरिकला कुमालले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । सभाले दुबै प्रतिवेदन पास गरेको छ । 

सभाका प्रमुख तिनाउ गाउँपालिकाका अध्यक्ष अतिथि प्रेम श्रेष्ठले सामुदायिक वनलाई आम्दानीसँग जोड्न अनुरोध गर्नुभयो  । साथै विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा ,प्रवक्ता यादवप्रसाद अर्यालले नयाँ नेतृत्व चयनपछि समूहको गतिशीलता बढोस् भन्ने कामना गर्नुभयो । 

विशिष्ट अतिथिका रुपमा रहेका सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले समूहहरुको सशक्तीकरण र वनको सहि सदुपयोगका लागि समन्वय समितिले सहयोग गर्ने बताउनुभयो ।  । सभामा नुवाकोट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपाल,समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय,तिनाउ सव डिभिजन वन कार्यालयका प्रतिनिधि नारायण घिमिरे,तुल्सा रायमाझी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले जुद्वबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update