Hamroprayas
बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव : आजदेखि सप्ताहव्यापी कार्यक्रम गरि मनाईदै

बुटवल,मंसिर १८

बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थित बुटवल कालिका क्याम्पसले मगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस मनाउने भएको छ । सप्ताहव्यापी कार्यक्रमसहित क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउन लागेको हो । क्याम्पसले भोलि मँगलबारदेखि बृहत सरसफाई कार्यक्रमसहित सप्ताहको सुरुवात गर्ने क्याम्पसका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभयो।

वार्षिकोत्सवबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो। त्रिभुवन युनिभर्सिटीबाट मान्यता प्राप्त यस क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उहाँले बताउनुभयो  । निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन ९क्यूएए० प्राप्त गर्ने बताउँदै उहाँले त्यसका लागि अन्तिम पिआरटी भैसकेको जानकारी गराउनुभयो ।

२०७० सालमा स्थापना भएको यस क्याम्पसमा विभिन्न संकायतर्फ हाज ३ हजार ९३६ विद्यार्थी रहेका छन् । सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक स त्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पसमा डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको बताउँदै प्रविधि थप गर्ने योजनाहरु जारी रहेको उल्लेख गर्नुभयो ।

क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने छन् । यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने क्याम्पस प्राचार्य पाठकले जानकारी दिनुभयो ।

साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समुद्घाटन गर्नुका साथै मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापक, पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update