Hamroprayas
बुटवल कालिका क्याम्पस बार्षिकोत्सव: १०२ पिन्ट रगत संकलन

बुटवल, मंसिर २३ 
बुटवल कालिका क्याम्पसको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा १ सय २  पिन्ट रगत संकलन भएको क्याम्पसले जनाएको छ।रक्तसन्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा भएको ।

रक्तसन्चार कार्यक्रम ऋषिराम डुम्रेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिनुभयो ।त्यस्तै क्याम्पसमा आज बृहत प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक बिकास, प्रबिधि, बजार लगायतको प्रदर्शनी गर्नुभयो ।

निशुल्क आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएको क्याम्पसले जनाएको छ । नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान,श्री रणअम्बिका अँखा अस्पतालले सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिनुभयो । त्यस्तै १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । दन्त परिक्षणमा सिटि हव डेन्ट्लले सहजीकरण गरेको थियो ।

त्यस्तै अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिनुभयो । त्यस्तै बेलुन फुकाउने लगायत भलिबल, डोरी तान्ने, कबड्डी, टेवल्टेनिस,हाजिरीजवाफ लगायतका कार्यक्रमहरु सकिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवासको मुल कार्यक्रम लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update