बुटवल,मंसिर ३०
इनरव्हील क्लब अफ मिडटाउन बुटवलले पाल्पा तानसेन नगरपालिका वडा नम्बर ६ बर्तुङ्गमा रहेको जनप्रिय माध्यमिक बिद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयमा अध्ययन गरिरहेका जेहन्दार बिद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको इनरव्हिल क्लब अफ् मिटडाउन बुटवलका अध्यक्ष राधिका रिजालले जानकारी दिनुभयो । क्लबको बार्षिक कार्ययोजना अन्र्तगत रहेर कार्यक्रम आयोजना गरिएको हो ।
न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रमका बोल्दै प्रमुख अतिथि इनरव्हिल डिष्ट्रिक ३५० नेपालका चियरमेन आशा श्रेष्ठले रुपन्देही जिल्लामा रहेको क्लबले आफ्नो जिल्ला भन्दा बाहिर आएर कार्यक्रम गर्नु सामाजिक उत्तरदायित्व बहनको बिषय भएको बताउनुभयो । उहाँले क्लबले सामाजिक क्षेत्रमा गरेका उदारहणीय कार्यको प्रशंसा गर्दे आगामी दिनमा जहाँँ आवश्यकता छ, त्यहाँ पुगेर शिक्षा ,स्वास्थ, नेतृत्व ,ब्यक्तित्व विकास लगायतका कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सागरमा महर्जनले यसरी बुटवल देखि पाल्पामा आएर जनप्रिय माध्यमिक बिद्यालय छनोट गरेर बिद्यार्थीहरुका लागि न्यानो कपडा र स्टेशनरी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि क्लबसंग सहकाय गर्न तयार रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डे, बिद्यालयका प्रधानाध्यापक हिरा आचार्यले बोल्दै बिद्यालयमा रहेका बालबालिका भोलिका देश हाक्ने कर्णधार भएकाले उनीहरुमा केही समस्या देखिएमा सबै मिलेर पढ्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । बिद्यालयमा आएका बिद्यार्थीहरुमा आर्थिक समस्या देखा परेमा बिद्यालयले सहयोगी संघ संस्था र स्वयं बिद्यालय बाटै पनि पढ्ने वातावरण निर्माण गरेको बताउनुभयो ।
क्लबले २०८१ को तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलन गरेको रकम र अष्ट्रेलियाको मेलबर्नमा रहनुभएका तुलसी सापकोटाको सहयोगमा न्यानो कपडा स्वीटर,स्टेशनरी सामग्री वितरण गरेको क्लबका पुर्व अध्यक्ष तृण्णा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष रिजाल , सदस्य कविता परियार ,कार्यसमिती सदस्य शिवा राना र पुर्व अध्यक्ष तृण्णा श्रेष्ठले पनि सहयोग गर्नुभएको थियो।
कार्यक्रममा वडा नम्बर ६ का सदस्य गोमा गैरे, विद्यालयका उपप्राचार्य तीर्थप्रसाद गौतम,व्यवस्थापन समितिका सदस्य लक्ष्मी पाण्डे,कुलबहादुर भाट,शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिव वि .क.,बिद्यालयका पुर्ब बिद्यार्थी , प्रकाश पाण्डे ,क्लबका पुर्व अध्यक्ष मिठु भण्डारी, क्लबका सदस्यहरु जमुना श्रेष्ठ,शिवा राना, सृष्टि अधिकारीको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव शुशिला पोखरेलले गर्नुभएको थियो ।
इनरव्हिल क्लब अफ मिडटाउनले सामाजिक, शैक्षिक, स्वास्थ्य, लगायतका क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै आएको छ भने किशोरी शिक्षा कार्यक्रम अन्र्तगत पनि क्लबको भुमिका प्रसंशनिय छ।