Hamroprayas
भूपी जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न 

बुटवल,पुस ११
भूपी शेरचनको ८९ औं जन्म जयन्तीको अवसरमा भूपी शेरचन स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भूपीस्मृति पुस्तकालय बुटवलमा विद्यालय स्तरीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ तथा साहित्यकार दलबहादुर गुरुङले कला साहित्यले बालबालिकामा सिर्जनशील प्रतिभाको उजागर गर्ने बताउँदै भूपीको जीवनीलाई नयाँ पुस्तासम्म पुर्याउन प्रतिष्ठानले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि गुरुङले साहित्य, कला, खेलकूदका माध्यमबाट भूपीलाई थप उचाइँमा पुराउन सुझाउँदै संस्थाले हरेक वर्ष निरन्तर कविता वाचन कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । भूपीसंग आफ्नो विगतको अनुभव बताउँदै कार्यक्रममा सहभागी विशेष अतिथि  धौलागिरी साहित्य प्रतिष्ठान बाग्लुङका अध्यक्ष काजी रोशनले भूपी स्मृतिमा निरन्तर पुस्तकालय सञ्चालन र विभिन्न कार्यक्रम गर्दैकोमा खुसी व्यक्त गर्नुभयो । 

प्रतियोगितामा न्यू होराइजन मा वि का विशेषजङ्ग कार्की प्रथम भए । अक्सफोर्ड मा वि का पवन अधिकारी द्वितीय स्थान हासिल गर्दा मणिमुकुन्द मा वि कि अनुषा पौडेलले तृतीय स्थान हासिल गर्नुभयो। विभिन्न विद्यालयका कृषम बस्याल, सुस्मिता सुनार र नवकृति डुम्रे सान्त्वना भए ।

विद्यालय स्तरीय सो प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका २४ जना प्रतियोगि विद्यार्थीको कविताको मुल्यांकन ऋषिराम भुसाल र डा. शालिकराम पौड्यालले गर्नुभउको थियो । क्या.शिवप्रसाद शेरचन अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल तारा गौचन र प्रमिला शेरचनले संयुक्तरूपमा गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update