बुटवल,माघ १६
अर्घाखाँचीको पाणिनीमा रहेको आलमदेवी आधारभुत बिद्यालयमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले बुधबार ५० हजार पाँच सय ५५ रुपैयाको अक्षय कोष स्थापना गरिएको छ । स्व : निरक बहादुर रायमाझी,स्व : नुरा बहादुर पोखरेल, स्व: बिण्णु पोखरेल, स्व : नर्मदा थापा, स्व :देबकला खड्काको स्मृतिमा गोमा घिमिरे पाणिनी ४ पटौटी, दयादेबि रायमाझी रैनादेबि छहरा,हरिकला थापा छत्रकोट गुल्मी ,झपिन्द्र रायमाझी रैनादेबि छहराको सहयोगमा ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना र नगद १० हजार रुपैया बिद्यालयलाई आर्थिक सहयोग गरिएको हो ।
बिद्यालय व्यस्थापन समितिका अध्यक्ष चक्रपाणी बन्जाडेले बिद्यालयको ३७ औं बार्षिकोत्सवको अवसर पारेर अक्षयकोष निर्माण र बिद्यालयलाई सहयोग गरेकोमा अक्षयकोष दातालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि पाणिनि गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष युवराज ज्ञवालीलले शिक्षा जस्तो महत्वपुर्ण कुरा अरु हुन नसक्ने बताउदै बालबालिकाको शैक्षिक भविष्यका लागि अक्षय कोष निर्माण गर्नु उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले पालिकाले शिक्षाको गुणस्तर संगै सबैलाई शिक्षाको पहुँचमा पुर्याउने गरि कार्यगरेको जानकारी दिनुभयो ।
अक्षयकोष दाता झपिन्द्र रायमाझीले आफ्ना पिताको नाममा अहिलेसम्म २१ ठाउमा अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले जिवनमा शिक्षाको महत्व भएकाले शैक्षिक विकास हुनसके अन्य बिकासले पनि फड्को मार्नसक्ने उदेश्य राखेर कोष स्थापना गरिएको बताउनुभयो ।
अक्षयकोषको रकमबाट हुने आम्दानीले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई बिशेष प्राथमिकता दिन आग्रह गर्दै बिद्यालयको बिधान अनुसार अगाडी बढाउन अनुरोध गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक मेघबहादुर दर्लामीले बिद्यालयको नियम अनुसार अक्षयकोष परिचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।