Hamroprayas
रैनादेवी पाल्पाको बाल कल्याण विद्यालयमा २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष

बुटवल, माघ २१
एमाले नेता तथा समाजसेवी झपिन्द्र रायमाझीले आफ्ना पिता स्वर्गीय निरक बहादुर रायमाझीको नाममा अक्षय कोष स्थापना गर्नुभएको छ ।२०४० सालमा स्थापना भएको रैनादेवी छहरा ३ भुवनपोखरी छचुवाको श्री बालकल्याण आधारभूत बिद्यालयमा आईतबार अक्षयकोष स्थापना गरेसंगै  स्व:  पिताको नाममा अहिलेसम्म २२ ठाउमा अक्षयकोष स्थापना गरेको रायमाझीले बताउनुभयो । 

बिद्यालयको ४१ औं वाषिक उत्सवको अवसरमा उहाँले २५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । समाजसेवि रायमाझीले अहिलेसम्म पाल्पासंगै रुपन्देही, अर्घाखाँची, कपिलबस्तु,नवलपरासी जिल्लाका बिभिन्न बिद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो। 

आफु १६ बर्षको हुदा वुवा गुमाएको स्मरण गर्दै रायमाझीले  पिताको शिक्षाप्रतिको लगाव शिक्षा बिना केहीपनि सम्भव छैन भन्ने पिताको भनाईलाई साकार पार्न पनि शिक्षा क्षेत्रमा अक्षयकोष स्थापना गरेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रैनादेवी छहरा गाउपालिका अध्यक्ष रुकमागत भट्टराईले पालिकाबाट शिक्षाबाट कुनैपनि नागरिक बन्चित नहुनेगरि काम भईरहेको बताउनुभयो ।  

कार्यक्रमका अध्यक्ष धन बहादुर रायमाझीले अक्षयकोषको रकमले बिद्यालयमा रहेका निम्न बर्गका जेहन्दार बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक खिम बहादुर कुमाल,गोमा घर्ती लगायतले आफ्ना भनाई राख्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update