
बुटवल, माघ ३०
बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा आयोजक लखन ब्रर्दश सेतो विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुधबार भएको खेलमा शिवनगर परिवारलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि दाबेदारी समेत पेश गरेको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक सेतोको जितमा मिलन आले नायक रहे । उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । मिलन आलेले खेलको १५ मिनेट, ७० मिनेट र ८३ औ मिनेटमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरेका थिए । खेलको अन्तिम समयमा बिनोद भटटराईको क्रशमा दर्शन बिकले गोल थपे । खेलमा आयोजक सेतोका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिता अन्तरगत बिहिबार दोस्रो क्वाटरफाईनल खेलमा इभोलुसन क्लब अफ बुटवल तामनगर र देवदह ब्याईज क्लब देवदहका बिचमा खेल हुने क्लबका सचिव निरन्जन पन्तले बताउनुभयो । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।