
देउखुरी, दाङ्ग,फाल्गुन २८
‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टीमिडिया प्रा.लि. को संयुक्त आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथि, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट विशिष्ट अतिथी, उपमा सञ्चार प्रा.लि.कि अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याउनु भयो । उहाँले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै, हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो। साथै, स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो ।
उक्त कार्यक्रममा गायक संगीतकार नरहरी प्रेमी, कलाकार यादवनाथ योगी, सर्जक गायक एरेन्जर सुरेश सेम्चुरी, गायक सञ्चारकर्मी श्रीनिवास थारु, राप्ती गाउँपालिकाका पत्रकार राधेश्याम गुप्ता, सन्तोष कुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सुमन कुमार श्रेष्ठ स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनिल सुनामले गर्नु भएको थियो । कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकि अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले लुम्बिनी प्रदेशमा आएर यसरी ऐतिहासिक कार्यक्रम गर्न पाउँदा निकै खुशी लागेको भन्दै सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता ९नयाँ युगबोध राष्ट्रिय दैनिक० सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड बिजेताहरुमा भाषाभाषी गीत बिधा तर्फबाट सर्वोत्कृष्ट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालैजो गीत बिधा तर्फ सर्वोत्कृष्ट गायन पार्वती रोकाया, चाडपर्व गीत विधा तर्फ सर्वोत्कृष्ट गायन दिपक वली, सर्वोत्कृष्ट मोडल उमा गिरी, सर्वोत्कृष्ट मोडल गगनशिला सुनार
लोक दोहोरी गीत सर्वोत्कृष्ट गायक विजय सुनाम, सर्वोकृष्ट मोडल तर्फ
प्रकाश गौतम, रिजन वस्याल, रक क्षेत्री, सर्वोत्कृष्ट नव गायक संगम राजु वि सि, सर्वोत्कृष्ट नव मोडल विविका भुषाल, लेनिया वि।क।, पञ्चेबाजा गीत तर्फ सर्वोत्कृष्ट मोडल नारायण वि पि परियार, मौलिक झ्याउरे गीत तर्फ सर्वोत्कृष्ट गायन जितन भाई श्रीष, सर्वोत्कृष्ट निर्माता उमा गिरी सर्वोत्कृष्ट कोरियोग्राफर महेश रामुदामु, आधुनिक गीतको सर्वोत्कृष्ट गीतकार विजय खडका गगन, सर्वोत्कृष्ट नव गायन अनु डि सि।, अशोक पाण्डे गजल तर्फ सर्वोत्कृष्ट संगीतकार सन्तोष कुमार रजौरे प्रतियोगी कलाकार तर्फ सपना रोका, प्रत्यक्ष दोहोरी तर्फ हरिकला सुनार, सर्वोत्कृष्ट वाध्यवादन तर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्रि शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुवंर लगायत अवार्डित भएका थिए ।