Hamroprayas
तिनाउ गाउँपालिका पाल्पाले पौष मसान्तभित्र शिक्षा नियमावली तयार गर्ने 

पाल्पा,कार्तिक २२
तिनाउ गाउँपालिका अन्तर्गत रहेको शिक्षा समितिको नियमित बैठक पालिकाका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा बुधवार दोभानमा सम्पन्न भएको छ । बैठकले तिनाउ गाउँपालिकाभित्र रहेका युवावर्ष मावि र पृथ्वीप्रकाश माविलाई विज्ञान प्रयोगशाला र प्रविधियुक्त पुस्तकालय दिने निर्णय गरेको छ । 

उक्त विद्यालयहरुको आवश्यकता र मागका आधारमा प्रयोगशाला र पुस्तकालय प्रदान गरिएको शिक्षा समितिका संयोजक एवम् गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।उक्त बैठकमा शिक्षण अनुदान सिर्जना,सिद्ध र श्री आधारभूत विद्यालयलाई प्रदान गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताउनुभयो  ।

त्यसैगरी बैठकले गाउँ शिक्षा योजना यसै शैक्षिक सत्रभित्र तयार गर्ने निर्णय गरेको समितिका सदस्य राजेश श्रेष्ठले बतउनुभयो । सोही बैठकले पुषमसान्तभित्र शिक्षा नियमावली तयार गरी शिक्षा समितिमा छलफल गरी पास गर्ने निर्णय गरेको छ ।विद्यालयहरुको नियमित अनुगमन र निरीक्षणलाई ध्यान दिदैं शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समितिहरुलाई सक्रिय बनाउँदै अघि बढ्ने निर्णय भएको शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले जानकारी गराउनुभयो ।

 बैठकमा शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर,गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा,वडाध्यक्ष तुलबहादुर आले,कार्यपालिका सदस्य सन्तोष दर्नाल,तिलोत्तमा माविका प्रधानाध्यापक झबिन्द्र ज्ञवाली लगायतले बैठकमा आआफ्ना तर्क प्रस्तुत गर्नुभएको थियो । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update