Hamroprayas
स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम शुभारम्भ

 देउखुरी,कार्तिक २२
 स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ ।  बुधबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको शुरुवात गर्नुभयो ।

लुम्विनी प्रदेश सभा र स्थानीय तहका विच कानुन निर्माण तथा कार्यान्वय सम्वन्धी अन्तरक्रियात्मक गोष्ठीको शुभारम्भ गर्दै सभामुख घर्ती मगरले जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास गरिएको बताउनुभयो ।नियन्त्रीत संघीयता जनताले खोजेको संघीय शासन प्रणाली होईन, स्वायत्तता सहितको संघीयता चाहिएको छ ,उहाँले भन्नुभयो ।

 स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनु आवह्यक रहेको बताउदै घर्तीले स्थानीय तह र प्रदेश सभाको अन्तरसम्वन्धको महत्वलाई बुझाउन प्रदेशकै १२ जिल्लामा कार्यक्रम संचालन गरिने बताउनु भयो ।सभामुख घर्ती मगरले स्थानीय तहले बनाएका कानुनको वारेमा प्रदेश सभालाई जानकारी दिने कानुनी व्यवस्था भएपनि कुनै पनि पालिकाले कानुनको वारेमा जानकारी नदिएको बताउनुभयो ।

 कार्यक्रममा उपसभामुख मेनुका खांण केसीले स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षहरुले कानुन निर्माणको लागि जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि लगायतको कार्यक्रम संचालन गर्न, कानुन बनाउन अघि स्थानीय तहसंग परामर्स छलफल गर्न, कानुन सम्वन्धी सहजीकरणको लागि कानुन अधिकृतको दरवन्दी श्रृजना गर्न वा कानुनी सल्लाहकारको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो । 

अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकारको विषयमा चर्चा गर्नुहुदैं कानुन निर्माणको प्रकृयाको वारेमा सहजीकरण गर्नु भएको थियो ।त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतहरुले कामको वोझले गर्दा गाउं सभामा कानुन निर्माणको प्रकृयामा आवश्यक छलफल गर्न नसकिएको बताउनु भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update