बुटवल, कार्तिक २३
अर्घाखाँचीमा रहेको एग्रो फोरेष्टी पोलिटेक्नीकल ईन्ष्च्यिुट मथुरा अर्घाखाँचीमा आईएससी एजी(डिप्लोमा) तह पुरा गर्नुभएका विद्यार्थी शुभास खनालले रुपन्देहीमा व्यवसायी सयपत्री खेती शुरु गर्नुभएको छ । बुटवलमा ओजेटी साथै आयोग तयारीको लागि बस्दै आउनुभएका खनालले पुस्तकमा शैद्धान्तीक रुपमा पढेको कुरालाई व्यवहारमा उतार्ननको लागि बुटवल उप–महानगरपालिका वडा नम्बर–१२ तामनगरमा व्यवसायी सयपत्री खेती गर्नुभएको हो ।
यो तिहारमा उत्पादन गर्ने र विक्रि गर्ने गरी उहाँले सुरुवात गरेको फुल खेतीमा अहिले ढकमक्क सयत्री फुल फुलेका छन् । अर्घाखाँची स्थायी घर भएका खनालले आफुले अन्य कृषि पढेका वा पढ्दै गरेका विद्यार्थीहरुको लागि सिकाईको लागि भएपनि खेती गरेको बताउनुभएको छ । मात्रै २० हजार लगानीमा उहाँले आफ्नै मामाको १ कठ्ठा जग्गामा खेती गर्नुभएको हो ।
यहीखेतिबाट बाट करिव १ लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । ‘पढेर मात्रै पनि भएन, पढेको कुरा व्यवहारमा लागू गर्नको लागि भन्दै व्यवसाय सुरुवात गरेको हुँ ।’ उहाँले भन्नुभयो , यो बर्ष व्यवसायीक रुपमा फुल खेती सफल भएमा अर्को बर्ष देखि अझ विस्तार गर्ने योजना बनाएको छु । पहिलो चरणको फूल उहाँले विक्रि गरिसक्नुभइको छ । जसबाट केही निश्चित आम्दानी भएको उहँँको भनाई छ ।
साभार कृषिपत्र अनलाईन