बुटवल , कार्तिक २४
बिभिन्न संघ संस्थाले आयोजना गर्ने अन्र्तक्रियात्मक कार्यक्रममा सहभागी हुनुभएको छ भने तपाईलाई कार्यक्रमका बारेमा धेरै भनिरहन नपर्ला । तिज, दशै, तिहार ,छठ जस्ता चाडपर्बमा शुभकामना आदानप्रदान कार्यक्रम क्रियाशिल संघसंस्थाको नियम जस्तै बनेको छ ।
तर सञ्चारिका समुह लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा फरक किसिमको कार्यक्रमको आयोजना गर्यो । ब्यानरमा लेखिएको थियो, तिहार बिशेष दाजुभाई भेटघाट तथा संमान कार्यक्रम २०८० ।
कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले बिल्कुलै फरक किसिमको कार्यक्रम भनि खुशी ब्यक्तm गरेका थिए । पत्रकार महिलाहरु मात्रै आवद्धसंस्था सञ्चारिका समुहले पत्रकारितामा लाग्नुभएका दाजुभाईबिचको आपसी सम्बन्ध, भाईचारा स्थापित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सञ्चारिका समुह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताउनुभयो ।
सोही कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी ,अग्रज पत्रकार अर्जुन ज्ञवालीलाई तिहार बिशेष दाजुभाई भेटघाट सम्मान २०८० बाट सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञवालीलाई नेपाली ढाकाटोपि दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले रुपन्देहीमा पत्रकार महिलाहरुको सक्रियताको खुलेर प्रशंशा गर्नुभयो । महिलाहरुले नेतृत्व लिएका संघसंस्थाहरु र कार्यालयमा भ्रष्टाचार नभएको ,अनुशासन कायम रहेको भन्दै पत्रकार महिलाहरुले चाडपर्बको अवसरमा दाजुभाईका बिचमा आपसी सम्बन्ध प्रगाढ राख्न र सास्कृतिक महत्व कायम राख्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । अर्यालले पत्रकारले जहिले पनि खोजी पत्रकारितामा कलम चलाउन आग्रह गर्दै एकआपसमा मर्यादित भएर चाडपर्ब मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रुपन्देही प्रहरी प्रमुख भरत बहादुर बिकले चाडपर्बबाट एक किसीमको संस्कारको बिकाश हुने बताउनुभयो ।
रुपन्देही पत्रकार बिचको समाबेशिता र समानता उदारहण्ीय रहेको बताउदै सत्यताको कसीमा बाधेर समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । समाचारको कारण र असर हेरेर बिषयबस्तु उठाउन अनुरोध गर्नुभयो । बिकले चाडपर्बको समयमा पटका पड्काउन कानुनी रुपमा बर्जित गरिएकोले सास्कृतिक रुपमा देउँसी भैलोका गितहरुबाट रमाईलो गर्नपर्ने बताउनुभयो ।
पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले फरक ढंगबाट कार्यक्रमको आयोजना गरेको बताउदै आजको कार्यक्रममा सहभागी हुदा खुशीको सिमा नरहेको बताउनु भयो । अन्य संघसस्थाहरुले पनि आफ्ना अग्रजलाई संमान गर्दै जानुपर्ने बताउनु भयो । रुपन्देहीमा पत्रकार महिलाहरुको संख्यासंगै सक्रियता बताउनुभयो ।
पत्रकार महासघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार समाजका ऐना भएकोले फरक ढंगको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पत्रकारको भौतिक सुरक्षाका बिषयमा संवेदनसिल प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । अहिले सामाजिक संजालका कारण पत्रकारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा समस्या परेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।बरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले महिला सञ्चारकर्मीको सक्रियताले अब समानता कायम भएको अनुभुती भएको बताउनुभयो ।
सम्मानित प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले आज सम्म धेरै ठाउँमा सम्मानित भएपनि पत्रकार महिलाहरुले तिहारको अवसरमा गरेको सम्मानले मन हर्षित भएको बताउदै सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका रुपनदेहीका अध्यक्ष हरि अर्यालले पारिवारिक र सामाजिक सद्भाव बढाउने कार्यक्रम जुनसुकै सस्थाले पनि आयोजना गर्नुपर्ने बताउनु भयो । संघले तिहारको अवसरमा दिपावली महोत्सवको आयोजना गरेको जानकारी दिदै सबैको साथ, सहयोग र सामिप्यताको अपेक्षा गर्नुभयो ।
शान्ति समाजका पुर्ब केन्द्रिय अध्यक्ष गोबिन्द खनालले एकआपसमा आत्मियता साटासाट गर्ने कार्यक्रमले समाजमा सकारात्मक सन्देश जानेगरी आयोजना गरिएको कार्यक्रमलाई नितन्तरता दिनुपर्ने बताउनुभयो । रुपन्देहीमा रहेका क्रियाशिल पत्रकारहरु बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका कोषाध्यक्ष उषाकिरण पन्थ, सचिव माया केसी र सदस्य तथा कार्यक्रम संयोजक रिया क्षेत्रीले बोल्दै दाजुभाई दिदिबहिनी बिचको सम्बन्ध र तिहारको महत्वका बिषयमा आ आफ्ना भनाई राख्नुभएको थियो ।