Hamroprayas
देउसी–भैलोे खेलेर जग्गा खरीद गरिने 

पाल्पा, कार्तिक २६
पाल्पा,तिनाउ वडा नं. २,बगाहमा रहेको थानिडाँडा माध्यमिक विद्यालयले पहिरोबाट विद्यालयको अवस्था नाजुक भएको कारण जग्गा खरीद गर्ने अभियानका साथ तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम स्थानीय गाउँमा आईतवारदेखि सञ्चालन गरेको छ ।

झुम्सा,दोभान,गणेशटोल,नयाँबजार,झ्याङ्ला,बगाह लगायतका गाउँहरुमा देउसीभैलो प्रदर्शन गरि सक्दो आर्थिक सहयोग संकलन गर्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरजङ्ग थापाले हाम्रो प्रयास अनलाईनलाई जानकारी दिनुभयो । विद्यालयको आर्थिक,भौतिक अवस्था नाजुक भएपनि सीमित साधन,स्रोत र थोरै जनशक्तिले पनि नतीजा राम्रै दिन सकेको थानिडाँडा माविको भौतिक जोखिमलाई बेलैमा तरो लगाउनु पर्नेमा तिनाउ गाउँ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले जोड दिनुभयो  ।

उहाँले भन्नुभयो – कुनबेला पहिरोको कारण विद्यालयका भवन,कक्षाकोठा भत्किने हुन् थाहा छैन । त्यसमा परेर मानवीय क्षति हुन पनि सक्ने भएकोले सक्दो छिटो विद्यालय सार्नु पर्ने र त्यसका लागि जग्गा किन्नु पर्ने देखिन्छ । जग्गा खरिद गर्नका लागि विद्यालयले देउसी–भैलो खेलेर आर्थिक स्रोत संकलन गर्ने काम अति नै प्रशंसनीय छ । साथै उनले सबैसँग सक्दो आर्थिक सहयोगका लागि मन र हात फुकाउन अनुरोध गर्नुभयो ।

 
स्थानीयहरुले विद्यालयको अवस्था हेरेर सक्दो आर्थिक सहयोग गरेको विद्यालयका प्रअ खुमानसिह जीसीले बताउनुभयो । देउसी भैलो मंगलवारसम्म खेलिने सहायक प्रअ रुद्र जीसीले सुनाउनुभयो  ।

 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update