प्रधानमन्त्रीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन

0
116

हाम्राेप्रयास । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भवनको उद्घाटन गरेका हुन्। उक्त भवनमा  २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको छ।

सबै ४१ शय्यामा मोनिटर रहने र सबै मोनिटर सेन्ट्रल मोनिटर हुने अस्पतालका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। अस्पतालमा हाइब्रिड कार्भिडो भास्कुलर अपरेटिङ थिएटर समेत निर्माण हुँदै गरेको उनले बताए। यस थिएटरबाट एकै समयमा शल्यक्रिया र क्याथ ल्याबको काम गर्न सकिने अस्पतालले जनाएको छ।

उक्त थिएटर ६ महिनापछि सुरु हुनेछ। यो हाइब्रिड थिएटर नेपालकै पहिलो थिएटर रहेको अस्पतालको दाबी छ।

प्रतिक्रिया