विवाह बन्धनमा बँधिदै आदित्य नारायण

0
161

हाम्राेप्रयास । नेपाली मुलका भारतिय गायक गायिका उदित नारायण झा र दिपा झा का छोरा गायक आदित्य नायरायण झा विवाह बन्धनमा बाँधिदै छन् । उनले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।

गायक आदित्य नारायण झाको विवाहको तयारी सुरु भएको छ । केही दिन अगाडि प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्ने बताएका आदित्यको घरमा विवाहको तयारी समेत सुरु भएको छ । जसको अनुमान उनले अहिले सार्वजनिक गरेको तस्बिरबाट लगाउन सकिन्छ ।

अहिले आदित्यको रोका सेरेमनीको तस्बिर बाहिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् ।

तस्बिरमा आदित्यले ग्रे शर्ट र डेनिम लगाएको देख्न सकिन्छ । श्वेता भने पिङ्क सलवार सुटमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा आदित्य र श्वेता एकसाथ सगुन समेत लिएर बसेको देख्न सकिन्छ । तस्बिर सोशल मिडियामा भाइरल भैरहेका छन् ।
गत मंगलबार मात्र आदित्यले आफ्नो इस्टाग्राममा विवाहको घोषणा गर्दै श्वेतासँगको तस्बिर सार्वजनिक गरेका थिए ।

उनले श्वेतसँगको तस्बिरका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौ । म दुनियाको सबैभन्दा भाग्यमानी केटा हुँ । किनभने श्वेता मलाई मिलिन् । उनीसँग ११ बर्ष पहिले भेट भएको थियो । अब डिसेम्बरमा बिवाह हुँदैन ।

आदित्यले बिवाहको तयारीका लागि सामाजिक संजालबाट ब्रेक लिएको समेत बताएका थिए ।

आदित्य र श्वेताको पहिलो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहि बाट दुबैको प्रेम सुरु भएको थियो ।

प्रतिक्रिया